आज: २०८१ जेष्ठ १०, बिहिबार
ePaper
होमपेज /  Breaking News

एमालेको अवरोधबीच संसदबाट चार अध्यादेश स्वीकृत

  • रारा रैबार
  • २०७८ पौष ७, बुधबार मा प्रकाशित
  • ३७५ पटक पढिएको
  • संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच चारवटा अध्यादेश प्रतिनिधिबाट स्वीकृत गरिएको छ।

    एमालेका अवरोधबीच बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र रेल्वे अध्यादेश, २०७८ बहुमतले स्वीकृत भएको हो।

    बैठकमा गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माथि उल्लेखित तीन वटा अध्यादेश सम्बन्धि प्रस्ताव स्विकृतिका लागि निर्णयार्थ पेश गरका थिए भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि निर्णयार्थ पेश गरेकी थिइन्।

    तर, ती प्रस्तावहरुको विरोधमा सांसद प्रेम सुवालले सूचना दर्ता गराएका थिए।

    प्रतिक्रिया दिनुहोस