आज: २०७९ माघ १४, शनिबार
ePaper

पहिरोले अवरुद्ध गमगढी ग्रिलाह सडक खुल्यो

रारा रैवार संवाददाता
भाद्ध १४ मुगु
अविरल बर्षासंगै अवरुद्ध रहेको सदरमुकाम गमगढी देखि ग्रिलाह सम्मको सडक सुचारु भएको छ । छायाँनाथ रारा नगरपालिकाकाले डोजर लगाई पहिरो पन्छाई संगै सडक खुल्यको हो ।सडक शनिबार आएको अविरल बर्षा संगै सडकको ठाउँ ठाउँमा मा पहिरो झरी सडक अवरुद्ध भएको थियो ।


झरेको पहिरो आईतबार छायाँनाथ रारा नगरपालिकाकाको डोजरले लगाई पहिरो पन्छाए संगै सडक सञ्चालनमा आएको हो । गमगढी ग्रिलाह सडकको फुलि, निगाले लगायतका खोलामा र सडकको ठाउँ ठाउँमा

आएको पहिरोले सडक अवरुद्ध भए पछि नगरपालिकाकले आफनै डोजर लगाई सडकमा झरेको पहिरो पन्छाई सडक सुचारु गरेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले बताए । गमगढी हुदै सोरु गाउँपालिमा जोड्ने गमगढी ग्रिलाह सडक २१ किमि रहेको छ ।