आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

पहिरोले अवरुद्ध गमगढी ग्रिलाह सडक खुल्यो

  • रारा रैबार
  • २०७७ भाद्र १४, आईतबार मा प्रकाशित
  • ७१६ पटक पढिएको
  • रारा रैवार संवाददाता
    भाद्ध १४ मुगु
    अविरल बर्षासंगै अवरुद्ध रहेको सदरमुकाम गमगढी देखि ग्रिलाह सम्मको सडक सुचारु भएको छ । छायाँनाथ रारा नगरपालिकाकाले डोजर लगाई पहिरो पन्छाई संगै सडक खुल्यको हो ।सडक शनिबार आएको अविरल बर्षा संगै सडकको ठाउँ ठाउँमा मा पहिरो झरी सडक अवरुद्ध भएको थियो ।
    झरेको पहिरो आईतबार छायाँनाथ रारा नगरपालिकाकाको डोजरले लगाई पहिरो पन्छाए संगै सडक सञ्चालनमा आएको हो । गमगढी ग्रिलाह सडकको फुलि, निगाले लगायतका खोलामा र सडकको ठाउँ ठाउँमा आएको पहिरोले सडक अवरुद्ध भए पछि नगरपालिकाकले आफनै डोजर लगाई सडकमा झरेको पहिरो पन्छाई सडक सुचारु गरेको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले बताए ।
    गमगढी हुदै सोरु गाउँपालिमा जोड्ने गमगढी ग्रिलाह सडक २१ किमि रहेको छ ।

    प्रतिक्रिया दिनुहोस