आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  अन्तरर्वार्ता

‘डेरा’ खोज्दै उपप्रधानमन्त्री कमल थापा स्याङजामा !

  • रारा रैबार
  • २०७३ चैत्र २१, सोमबार मा प्रकाशित
  • ९७० पटक पढिएको
  • २१ चैत, पोखरा । तस्वीरमा देखिन्छ एउटा छाप्रो । यही छाप्रोभित्र उपप्रधानमन्त्री कमल थापा आजभन्दा ४३ वर्ष पहिले करिब १० महिना बास बसेका थिए । अचेल यहाँ कोही बस्दैनन् ।
    स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा अवस्थित यो छाप्रोलाई इन्द्र्रबहादुर गुरुङले धन्सारका रुपमा प्रयोग गरिरहेका छन् । तर, यो विगतमा कमल थापाका लागि रात बिताउने ठाउँ थियो ।

    उपप्रधानमन्त्री थापा आइतबार सुरक्षाकर्मी र कार्यकर्ताहरुका साथ स्याङ्जाको पुतलीबजार पुगे । त्यहाँबाट कुनै हल्लाखल्ला नगरी उनी गरेटो बाटो हिँडेर सिरुबारी भन्ने गाउँमा पुगे । त्यहाँ पुगेर थापाले ०३१ सालतिर आफूले सेल्टर लिएको छाप्रोको अवलोकन गरे ।

    पञ्चायतकालमा सत्तापक्षको विद्यार्थी मण्डलको नेता रहेका कमल थापा यो छाप्रोमा कम्युनिष्ट नेताहरु जसरी भूमिगत बस्न गएका थिएनन् । सिरुबारीको पञ्चमूलमा अवस्थित विद्यालयमा १० महिना पढाउने क्रममा उनी शिक्षक बनेर इन्द्रबहादुर गुरुङको छाप्रोमा बसेका हुन् । उनी गुरुङका घरमा खाना खान्थे र अहिले धन्सार रहेको यही छाप्रोमा सुत्थे ।

    उपप्रधानमन्त्री थापाले आइतबार सिरुबारीको पञ्चमुखमा रहेको त्रि-शहीद माध्यकिम विद्यालयको समेत निरीक्षण गरे । यही स्कुलमा उनले आजभन्दा ४३ वर्ष पहिले शिक्षकका रुपमा काम गरेका थिए ।

    पञ्चायती सरकारले उच्च शिक्षा पढिसकेका विद्यार्थीलाई स्वयंसेवी शिक्षकका रुपमा काम गर्न अनिवार्यरुपमा गाउँमा पठाउने चलन थियो । सरकारको यही प्रावधानलाई पूरा गर्न कमल थापा त्यसबेला गाउँ पसेका थिए ।

    प्रतिक्रिया दिनुहोस