आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

पाँच दिन पछि खुल्यो अवरुद्ध सञ्चार सेवा

  • रारा रैबार
  • २०७४ बैशाख २८, बिहिबार मा प्रकाशित
  • १८४ पटक पढिएको
  • दान बहादुर बुढा
    बैसाख २७  मुगु
    गएको शुक्रबार राती चलेको हावा हुरीसंगै परेको चट्याँगले मुगु , हुम्लालाई जोड्ने रेडियो लिकंमा क्षति पु¥याएका कारण अवरुद्ध भएको सञ्चार सेवा बुधवार विहान ११ बजे देखि सञ्चालनमा आएको छ ।
     जुम्लाका डाँफे लेकमा राखिएको रेडियो लिंकको टावरमा शुक्रवार राती क्षेती पुगे पछि जिल्लामा नेपाल टेलिकमको नमस्ते र स्काई मोवाईल सेवा अवरुद्ध हुनुका साथै नेपाल टेलिकमको एडिएसएल ईन्टरनेट सेवा पनि अबरुद्ध भएको थियो । सञ्चार सेवा अवरुद्ध हुँदा निर्वाचन सम्बन्धि सबै गतिविधीका सुचना संकलनमा निकै कठिनाई उत्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सञ्चार सेवा अवरोध भए पछि जिल्लाका सरकारी तथा गैर सरकारी निकायका दैनिक काममा समेत अवरोध भएको थियो ।

    प्रतिक्रिया दिनुहोस