आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

नौ दिन कुर्दा समेत नागरिकता बनेन

  • रारा रैबार
  • २०७४ बैशाख २८, बिहिबार मा प्रकाशित
  • २७६ पटक पढिएको
  • बैशाख १९ मुगु
    मुगुम कार्मारोङ गाउँ पालिका वडा नम्बर २ साविकको मुगु गाविस वडा नम्बर ४ कि फुटिक तामाङ आफ्नो छोराको नागरिकता बनाउन सदरमुकाम आएको नौ दिन पुग्यो तर उनले नौ दिन वित्दासम्म छोराको नागरिकता पाउन सकिनन ।
     नागरिकता नपाउनुको कारण रहेछ , विवाह अघि नै उनले माईतीबाट नागरिकता लिएकि रहिछन । २६ वर्ष अघि उनकै गाउँका सोनाम तार्के लामासंग विवाह भए लगतै दुवै जना भारत तर्फ गएका रहेछन ।  २६ वर्ष सम्म भारतमा व्यापार व्यवसाय गरि बसेकी उनि अहिले छोरा न्वाङ अँङजु तामाङको नागरिकता बनाउन जिल्ला पुगिन तर नागरिकता बनेन । छोरा पाँच वर्षको हुँदा श्रीमान तार्के लामाको मृत्यु भएको र श्रीमानको नागरिकता कहाँ छ भन्ने उनलाई पत्तै रहेन छ । जिल्ला प्रशासन कार्यालयले कि त बाबुको नागरिकता कि त फुटिकले तार्केको नामले नागरिकता लिएको प्रमाण खोजे पछि  नागरिकता बन्न सकेन ।
    नागरिकता नबने भए पछि फुटिकले गाउँमा गएर  तार्केसंग विवाह भएको वडा मुचुल्का , नाता प्रमाणित तथा श्रीमानको मृत्यु दर्ता र छोराको जन्म दर्ता समेत गराएर जिल्ला प्रशासन कार्यालय पुगिन । २० वर्ष अगाढी जन्मेको, मरेको दर्ता प्रमाण पत्र अहिले बनाएको भन्दै नागरिकता नबन्ने भनेर प्रशासनले आफुलाई फर्काई दिएको फुटिकले गुनासो गरिन । विवाह गरे देखि हामी भारतमा नै बस्यौ , श्रीमान पनि बच्चा सानै उमेरका छँदा बिते, हामी यता आउन सकेनौ , मृत्यु दर्ता जन्म दर्ता गराउनु पर्छ भन्ने पनि त्यो वेला थाहा थिएन उनले भनिन । अहिले नागरिकता बनाउन जन्म दर्ता मृत्यु दर्ता  बावुको नागरिकता नभए नाता प्रमाणित चाहिन्छ भने  । यि सबै कागज अहिले बनायौं तर प्रशासनले छोराको नागरिकता बन्न सक्दैन भन्यो मंगलबार गमगढी बजारमा भेटिएकी फुटिकले दुखेसो पोखिन ।
     फुटिकले जुटाएका कागज पत्रले उनको छोराले नागरिकता पाउदैन त ? जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी शरदकुमार पौडेलले भने “  बावुको नागरिकता  नभए आमाको नागरिकतामा बावुको नाम र सनाखत गर्ने, काका, जेठा बा कोही छैनन, फेरी २० वर्ष अगाढी जन्मेको बच्चाको जन्म दर्ता र २० वर्ष पहिले मरेको बावुको मृत्यु दर्ता अहिले बनाएको छ मिल्दै नमिल्ने कुराले अहिले नागरिकता बन्न सक्दैन । ”  उनिहरुले ल्याएका नाता प्रमाणित , वडा मुचुल्का लगायतका कागजातले नागरिकता नबन्ने भने पछि फुटिकका आमा छोरा अन्यौलमा छन । प्रमुख जिल्ला अधिकारीले भने जस्तो २० वर्ष अगाडी जन्मेको र मरेको व्यक्तिको जन्म दर्ता र मृत्यु दर्ता अहिले बन्न नहुने हो त ? साविकको मुगु गाविसका सचिव एवं हालको मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर दुईका सचिब गंगप्रसाद न्यौपानेले नागरिकसंग भने “ चाहे २० वर्ष अगाडी होस चाहे १५ वर्ष अगाडी जन्मे वा मरेको भए पनि परिवारले अहिले सुचना दिन्छन भने अहिले जन्म र मृत्यु दर्ताको प्रमाण पत्र दिने व्यवस्था छ । प्रमाण पत्र बनेको मिति अहिलेको , जहिले जन्मेको हो र मरेको त्यहि वेलाको मिति कायम हुन्छ , सचिव न्यौपानेले भने ।
    श्रीमानको नागरिकता पनि छैन ,श्रीमतिको नागरिकतामा श्रीमानको नाम समेत छैन त्यो अवस्थामा वडाका स्थानीयवासीले यिनिहरुले विवाह गरेका हुन, श्रीमान श्रीमति नै हुन भनेर वडा मुचुल्का गरे पछि श्रीमान श्रीमतीको नाता प्रमाणित गर्न मिल्छ सचिव न्यौपानेको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस