आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  राजनीति

दलहरुलाई उम्मेदवार छान्नै सकस

  • रारा रैबार
  • २०७४ बैशाख २८, बिहिबार मा प्रकाशित
  • ३८६ पटक पढिएको
  • मुगु समाचारदाता
    बैशाख ७ मुगु
    बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दलहरुलाई उम्मेदवार छान्न निकै सकस भएको छ ।
    स्थानीय निर्वाचनका लागि वडा देखि गाउँ पालिकासम्म उम्मेदवारको लर्को लागे पछि दलहरुलाई कसलाई उम्मेदवार बनाउने भन्ने अन्यौलता देखिएको हो । दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारका आकांक्षी बढि देखिएकाले उम्मेदवार छनौटमा निकै प्रतिस्पर्धा देखिएको छ । सबै भन्दा बढि स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रस र नेकपा एमालेमा आकांक्षीहरुको भिड देखिएको  हो ।
    लामो अवधी सम्म स्थानीय निर्वाचन नभएको तथा दुई दशक लामो अबधीसम्म नयाँ कार्यकर्ता पनि उतिकै उत्पादन भएको तथ सबै भन्दा पुरानो तथा ठुलो पाटी भएकाले पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवारको लर्को  देखिनु स्वभाविक भएको नेपाली काँग्रेस मुगुका कार्य वाहक सभापति खगेन्द्र मल्लले बताए । छायानाथ रारा नगर पालिकाको मेयर पदका लागि मात्रै आधा दर्जन आकांक्षी देखिएको उनले बताए । वडा स्तरमा पनि उम्मेदवारका आकांक्षी धेरै छन एक दुई दिन भित्र सबै टुंगो लगाउछौ उनले भने ,
       त्यस्तै पुरानो संरचनामा दुई सय १६ वडाहरु , २४ गाविस हुँदा सबैको चित्त बुझाउने गरि उम्मेदवार छाने पनि अहिले दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा केही समस्या भई रहेको नेकपा एमालेका अध्यक्ष धर्मबहादुर शाहीले बताए । ठुलो दलका कार्यकर्ता पनि धेरै भएकाले उम्मेदवारका आकांक्षी धेरै देखिनु कुनै नौलो विषय नरहेको शाहीको तर्क छ ।  जिल्लाका तिन गाउँ पालिका र एक नगरपालिकाका ४५ वटै वडाहरुका लागि उम्मेदवार छनौट गर्न दलहरु व्यस्त देखिएका छन ।
     सबै राजनितिक दलहरुमा पुरुष उम्मेदवारको लर्को देखिए पनि महिला उम्मेदवारको समस्या देखिएको छ । सदरमुकाममा दलहरुका महिला उम्मेदवार देखिए पनि गाउँमा स्थानीय तहको निर्वाचनका लागि महिला उम्मेदवार अभाव देखिएको छ । गाउँ पालिका र वडा पालिकामा नेतृत्व गर्न सक्ने महिला नहुँदा दलहरुलाई प्रमुख वा उप प्रमुख अनिवार्य महिला बनाउनु पर्ने प्रावधान बोझिलो बनेको छ । गाउँमा महिला नभएका त हैनन तर स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर नेतृत्व गर्न सक्ने महिला कमै रहेको नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लले बताए ।  स्थानीय निकायको प्रमुख तथा उप प्रमुखमा महिला अनिवार्य गरिए पछि दलहरुलाई महिला उम्मेदवार खोज्नु परेको छ ।

    प्रतिक्रिया दिनुहोस