आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

घाँस काट्ने क्रममा भिरबाट लडेर युवतीको मृत्यु

  • रारा रैबार
  • २०७४ बैशाख २८, बिहिबार मा प्रकाशित
  • ३०३ पटक पढिएको
  • सुमन मल्ल
    बैशाख ३ मुगु
    जिल्लाको पश्चिम खत्याड भेगको ह्याँग्लुमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जना युवतीको मृत्यु भएको छ ।
    आईतवार विहान ११ बजे खत्याड गाउँ पालिका वडा नम्बर १० ह्याँग्लु गाउँ निवासी १८ वर्षीया युवती अस्मिता चँदाराको गाँउ नजिकैको भिरमा घाँस काट्ने  क्रममा लडेर मृत्यु भएको ह्याँग्लु स्वास्थ्य चौकिका स्वास्थ्य कर्मि पदम शाहीले जानकारी दिए । भिरबाट लडेर घाईते भएकी चँदारालाई उपचारका लागि गाउँ तर्फ ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको शाहीले बताए ।
    सदरमुकाम गमगढी देखि २८ कोष टाढा रहेको यो स्थानमा घटना घटेको भएको सुचना आए पनि घटना स्थल नजिक रहेको प्रहरी चौकी सुकाढिकबाट कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरिक्षक सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए । स्थानीयवासीले प्रहरीमा जानकारी दिए प्रहरी घटना स्थल जाने हो , घटनाबारे जानकारी नदिए पछि प्रहरी घटना स्थलमा नपुगेको हुन सक्छ भट्टले भने । स्थानीयवासीका अनुसार मृतक चँदाराको शवलाई घरमा नै राखिएको बताईएको छ ।

    प्रतिक्रिया दिनुहोस