आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

जागिर पछिको राजनितीक जिबन ः सहज कि असहज ?

  • रारा रैबार
  • २०७४ जेष्ठ १०, बुधबार मा प्रकाशित
  • २४० पटक पढिएको
  • जिबनको लामो समयावधिसम्म जागिर खायो , सम्पति आर्जन ग¥यो, छोरा छारीलाई पढायो तर जागिरे जिवनको अतार्धमा आएर एकै चोटी राजनितीक जिबनमा प्रबेश गर्नु सहज होला कि नहोला भन्ने प्रश्न उब्जि रहेको छ ।
    जागिरे जिवन छोडेर राजनितीमा होमिनेको संख्या पनि छ । वडा तह देखि नगर पालिकासम्म राजनितीक दलहरुले लामो समयसम्म राजनितीक गरेका भन्दा  लामो समयसम्म जागिरमा रहेकाहरुलाई जिम्मेवार पदमा ल्याएका छन । छायाँनाथ नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट हरिजंग शाही विजयी भएका छन भने उप प्रमुखमा नेकपा एमालेका तर्फबाट सुन्तला रोकाया विजयी बनेकी हुन । शाही प्रमुखको पदमा उम्मेदवार बन्नु अघि जिल्ला स्वास्थ्य कार्यालयका स्थायी स्वास्थ्यकर्मि थिए भने रोकाया स्थायी शिक्षक ।
    जागिरे जिवनमा खुला राजनितीमा नदेखिए पनि कर्मचारी , शिक्षकका संगठनमा रहेर काम गरेको, निश्चित क्षेत्रमा जागिरे जिवन चल्छ भने पनि त्यो समाज सेवा नै भएको र आफुलाई जागिरे जिबन र त्यस पछिको राजनिती जिबनमा कुनै अन्तर नदेखिएको शाहीको तर्क छ । शिक्षक पेशामा रहँदा विद्यार्थी र अभिभावक बिचमा सिमित रहे पनि राजनितीमा प्रबेश पछि बालबालिका , युवा, बृद्ध बृद्धा, महिला सबैसंग घुलमिल हुनु पर्ने भएकाले केही असहज र काम गर्न पनि सुरुमा केही असहजता देखिन सक्ने नगरपालिकाका उप प्रमुख सुन्तला रोकायाको भनाई छ ।
     कर्मचारी रहँदा प्रशासनिक, नितीगत कुरा गर्ने , सेवा ग्राहीलाई सेवा प्रदान गर्दा सेवक नभएर मालिक भएको महशुस गरिरहेका कर्मचारी एकै चोटी राजनितीमा आउदा समाजका सबै विचार, सिदान्त र सोच भएका मान्छेसंग काम गर्न त ठुलै चुनौती हुने रारा बहुमुखि क्याम्पसको क्याम्पस प्रमुखको पदबाट राजिनामा दिएर छायानाथ रारा नगर पालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष बनेका डम्बर रावलले बताए ।  यसरी जागिरे जिबन पछि राजनितीमा प्रबेश गर्नेहरुमा खत्याड गाउँ पालिकामा एमाले तर्फ उप प्रमुख बनेकी जयानन्दा रावल र सोरु गाउँ पालिकामा उप प्रमुख बनेकी राज्यलक्ष्मी मल्ल दुवै जना शिक्षक छोडेर राजनितीमा आएका हुन ।

    प्रतिक्रिया दिनुहोस