आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

नगरपालिकाका तिन वडा कार्यालय स्थापना

  • रारा रैबार
  • २०७४ जेष्ठ २५, बिहिबार मा प्रकाशित
  • २०६ पटक पढिएको
  • छायानाथ रारा नगरपालिकामा विहिबार तिनवटा वडा कार्यालयहरु संयुक्त रुपमा स्थापना गरिएको छ । नगरपालिकाका वडा नम्बर १०, ११ र १२ का लागि साविकको रोवा गाविसको रोवामा रहेको गाविस भवनमा तिन वटै वडाका कार्यालय रहने गरि वडा कार्यालय स्थापना गरिएको छ । सरकारले थप जनशक्ति नपठाउन्जेल सम्म एकै जना सचिवले तिन वटै वडाको जिम्मेवारी सम्हाल्ने गरि वडा कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापनाका क्रममा नगरपालिकाका मेयर हरिजंग शाहीले तत्काल तिन वडा एक जना सचिवले हेर्ने अवस्था रहेको र सम्बन्धित निकायलाई तत्काल थप जनशक्ति व्यवस्था गर्न अनुरोध गरि पठाउने बताए । नगर पालिका भित्रका विद्युत नपुगेका र सडक नपुगेका गाउँ बस्तिमा छ महिना भित्र विद्युतिकरण र सडक विस्तार गर्ने गरि तयारी तिब्र भईरहेको शाहीको भनाई थियो ।

    प्रतिक्रिया दिनुहोस