आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

नगरपालिकामा वडा कार्यालयहरु स्थापना हुँदै

  • रारा रैबार
  • २०७४ जेष्ठ २६, शुक्रबार मा प्रकाशित
  • २०० पटक पढिएको
  • रारा रैवार ,मुगु छायानाथ रारा नगरपालिकामा विहिबार र शुक्रवार गरि छ वटा वडा कार्यालयहरु संयुक्त रुपमा स्थापना गरिएका छन । नगरपालिकाका वडा नम्बर १०, ११ र १२ का लागि साविकको रोवा गाविसको रोवामा रहेको गाविस भवनमा तिन वटै वडाका कार्यालय रहने गरि वडा कार्यालय स्थापना गरिएको छ । सरकारले थप जनशक्ति नपठाउन्जेल सम्म एकै जना सचिवले तिन वटै वडाको जिम्मेवारी सम्हाल्ने गरि वडा कार्यालय स्थापना गरिएको हो । त्यस्तै साविकको रुगा गाविसको रुगामा रहने गरि नगरपालिकाका १३ र १४ नम्बर वडा कार्यालयहरु स्थापना गरिएका छन । शुक्रवार नै नगर पालिकाका वडा नम्बर ४ र ५ नम्बर वडा कार्यालय साविकको कार्कीवाडा गाविसको भवनमा स्थापना गरिएको छ । कार्यालय स्थापनाका क्रममा नगरपालिकाका मेयर हरिजंग शाहीले अहिले जनशक्ति अभावका कारण प्रत्येक वडामा वडा सचिव पठाउन नसकिएको र स्थापना गरिएका वडा कार्यालयहरुमा एक एक जना सचिवले दुई तिन वडाको जिम्मेवारी सम्हाल्ने व्यवस्था मिलाईएको तथा सम्बन्धित निकायलाई तत्काल थप जनशक्ति व्यवस्था गर्न अनुरोध गरि पठाउने बताए । नगर पालिका भित्रका विद्युत नपुगेका र सडक नपुगेका गाउँ बस्तिमा छ महिना भित्र विद्युतिकरण र सडक विस्तार गर्ने गरि तयारी तिब्र भईरहेको शाहीको भनाई थियो ।

    प्रतिक्रिया दिनुहोस