आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

मोटर साईकल दुर्घटना हुँदा एक घाईते

  • रारा रैबार
  • २०७४ जेष्ठ २९, सोमबार मा प्रकाशित
  • १९१ पटक पढिएको
  • सुमन मल्ल जेठ २९ मुगु सदरमुकाम गमगढी बजारमा सोमवार अपरान्ह चार बजे तिर मोटर साईकल दुर्घटना हुँदा एक जना घाईते भएका छन । गमगढी बजारको नयाँ सडक देखि कृष्ण चोक तर्फ आउदै गरेको भे ६ प ६८३६ नम्बरको मोटर साईकल चोक नजिकै दुर्घटना हुँदा मोटर साईकल चालक छायानाथ रारा नगरपालिका वडा नम्बर १ निवासी रविनकुमार मल्ल घाईते भएका हुन । घाईते मल्ललाई थप उपचारका लागि जिल्ला अस्पताल पठाईएको गमगढी बजारमा रहेका कालिका मालिका प्रहरी चौकिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस