आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  राजनीति

विजयी उम्मेदवारलाई एमालेद्धारा स्वागत

  • रारा रैबार
  • २०७४ जेष्ठ २९, सोमबार मा प्रकाशित
  • ३९३ पटक पढिएको
  • रारा रेवार, जेठ २८ मुगु गएको वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी बनेका नगर पालिका र गाउँ पालिकाका पदाधिकारीहरुलाई स्वागत गरेको छ । आइृतवार एक कार्यक्रमको आयोजना गरि नेकपा एमाले जिल्ला कमिटी मुगुले पाटीका तर्फबाट निर्वाचनमा खत्याड गाउँ पालिकाबाट उप प्रमुखमा विजयी जयानन्दा रावल र मुगुम कार्मारोङ गाउँ पालिकामा उप प्रमुखमा विजयी छिरिङ तामाङलाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य चन्द्रबहादुर शाही, नेकपा एमाले मुगुका अध्यक्ष धर्मबहादुर शाही र सचिव जितबहादुर मल्लको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस