आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

जिबन मरणको दोसाँधमा मृगौला रोग पिडित

  • रारा रैबार
  • २०७४ अषाढ २१, बुधबार मा प्रकाशित
  • १७५ पटक पढिएको
  • रारा रैवार

    २१  असार, मुगु
    जिल्लाको खत्याड गाउँ पालिका वडा नम्बर ५ चाकपाँडे गाउँका एक स्थानीयवासी एक वर्ष यता देखि मृगौला रोगका कारण जिवन मरणको दोसाँधमा रहेका छन ।
    साविकको खमाले गाविस र हालको खत्याड गाउा पालिका वडा नम्बर ५ चाकपाँडे गाउँका ४० वर्षीय चन्द्रबहादुर बुढा दुबै मृगौलाले काम गर्न छोडे पछि काठमाण्डौको बनस्थली स्थित राष्ट्रिय मृगौला रोग उपचार केन्द्रको शैयामा १५ महिना देखि सुति रहेका छन । बुढाको दुवै मृगौलाले काम गर्न छोडे पछि उनका परिवारजनरकाले उपचारका लागि काठमाण्डौ पु¥याएका थिए । सुरुमा डाईलासिस प्रविधिबाट उपचार गराउदैमा १५ लाख रकम सकिएको र अहिले मृगौला प्रत्यारोपण गर्नु पर्ने चिकित्सकले सल्लाह दिए पछि उनको परिवार रकम कसरी जुटाउने भन्ने पिरमा परेको छ ।
     एक वर्षसम्म घरमा भएको र ऋण सापट गरेर उपचार गर्दा १५ लाख रकम सकिएको तथा अहिले एक सुक्का रकम पनि कतैबाट निकाल्न नसकिने अवस्था आए पछि विरामी दाईलाई अस्पतालमा नै छोडेर सहयोग जुटाउन सदरमुकाम गमगढी आएको विरामी बढाका भाई रामबहादुर बुढाले बताए । एक  वर्षसम्म उपचार गर्दा गर्दा १५ लाख सकियो अहिले रकम छैन , अस्पतालले मृगौला प्रत्यारोपण गर्ने भनेको छ , मृगौला भाउजुले दिने भने पनि त्यसका लागि चाहिने उपचार खर्च छैन कतै बाट सहयोग पाउछु कि भने सदरमुकाममा आएको छु रामबहादुरले भने ।
    सरकारले मृगौला प्रत्यारोपण निशुल्क गर्ने घोषणा गरे पनि त्यसका लागि चाहिने थप औषधी उपचारको झण्डै पाँच लाख लाग्न सक्ने उनले बताए । खेतीपाती नै मुख्य पेशा रहेको तथा अन्य आम्दानीका स्रोत केही नरहे पछि जेनतेन एक वर्षसम्म अस्पतालको शैयामा सुताएर दाईको जिवन बचाएका थियौ , अब त मृगौला प्रत्यारोण गर्दा दुई जनाको शल्यक्रिया गर्नु पर्छ खर्च खसरी जुटाउने भन्ने कुराले रातदिन सताउछ रामबहादुरको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस