आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

विभिन्न विधामा योगदान दिने व्यक्ति र संस्था सम्मानित

  • रारा रैबार
  • २०७४ श्रावण ६, शुक्रबार मा प्रकाशित
  • १६९ पटक पढिएको
  • ०६ साउन,मुगु

    जिल्लामा विभिन्न विधामा योगदान पु¥याउने ब्यक्ति र सामाजिक संस्थालाई जिल्ला युवा समितिले शुक्रवार सम्मान  तथा पुरस्कृत गरेको छ ।
     राष्ट्रिय युवा परिषद नेपालको बार्षिक कार्यक्रम अनुसार समितिले युवा प्रतिभा पहिचानका लागि आवेदन  गरेको थियो ।  दर्ता हुन आएका आठ वटा मध्य तिन जनालाई उत्कृष्ट  छनौठ गर्दा गायन तर्फ उत्कृष्ट योगदान दिने जयसिंह कुमाईलाई नगद ४ हजार, कविता तर्फ सम्झना नेपालीलाई ४ हजार, अभिनय तर्फ हिराबिजुली नेपालीलाई चार हजार पुरस्कार प्रदान गरेको छ भने गायन तर्फ प्रोत्साहन स्वरुप स्वस्तिका शाहीलाई नगद दुई हजार प्रदान गरेको छ ।

    शुक्रवार समितिले युवा प्रतिभा तथा उद्यमको खोजीका लागि संस्थाका तर्फबाट पेश गरिएका आठ वटा सामुदायिक संस्था मध्य तिन वटालाई पुरस्कृत गरेको छ भने एउटालाई प्रोत्साहन प्रदान गरेको छ । बातावरण संरक्षण तथा दिगो विकासका क्षेत्रमा योगदान दिउको भन्दै पुर्न निर्माण तथा अनुसन्धान केन्द्रलाई सात हजार,  कला, संस्कृति र साहित्य सिर्जना तर्फ कर्णाली थियटर मुगुलाई छ हजार र कृषि जडिबुटी लघु वन पैदावर तर्फ भवानी जनहित विकास केन्द्रलाई पाँच हजार पुरस्कार प्रदान गरिएको जिल्ला युवा समितिका कार्यालय प्रमुख जवाहरलाल हमालले जानकारी दिए । विज्ञान तथा सुचना प्रविधी र सञ्चारमा योगदान दिएको भन्दै ईन्टर सफ्ट प्रालि मुगुलाई प्रोत्साहन स्वरुप नगद तिन हजार प्रदान गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस