आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

मतदाता नामावली दर्ताका कारण नागरिकता लिनेको संख्या बढ्यो

  • रारा रैबार
  • २०७४ श्रावण ६, शुक्रबार मा प्रकाशित
  • १९४ पटक पढिएको
  • ०६  साउन,मुगु


    स्थानीय तहको निर्वाचन र अब हुने  प्रदेश तथा संघीय सभाको निर्वाचनका कारण जिल्लामा यो वर्ष नागरिकता लिनेको संख्या बढेको छ ।
     २०७३ सालमा जिल्ला प्रशासन कार्यालयबाट  नागरिकता लिनेको संख्या १ हजार १ सय २६ रहेकोमा २०७४ बैशाख यता नागरिकता लिनेको संख्या  बढेर १ हजार ६ सय ६५ पुगेको जिल्ला प्शासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी मोहन केसीले जानकारी दिए । सरकारले निर्वाचन प्रयोजनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र स्थानीय तहबाट नयाँ मतदाता नामावली दर्ता गराउन राष्ट्रिय निर्वाचन आयोगले निर्देशन गरे पछि नागरिकता लिनेको संख्या  बढेको हो । नेपालको कानुन अनुसार १६ वर्ष उमेर पुगेकाले नागरिकता पाउने र नागरिकता पाउनेले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने कानुनी व्यवस्था छ । 
    यसै बिच मतदाता नामावली दर्ता कार्य साउन १ गते देखि सुरु भए यता शुक्रवार सम्म ३ सय ३९ जनाले मतदाता सुचिमा आफ्नो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । शुक्रबारसम्म मतदाता दर्ता गराउने कार्य उत्साहजनक रहेको जिल्ला निर्वाचन अधिकारी राजीमान बुढाले जानकारी दिए ।

     बुढाका अनुसार साउन १५ गते सम्म जिल्ला निर्वाचन कार्यालयमा नै नयाँ मतदाता नामावली दर्ता , पुराना दर्ता भएकाहरुको अध्यावधिक र दर्ता मतदाता नामावली माथी दावी विरोध गर्ने कार्यक्रम हुने र त्यस पछि साउन १६ गते देखि साउन ३२ गतेसम्म जिल्लाका तिन वटै गाउँ पालिकाबाट मतदाता नामावली दर्ता कार्य गरिने छ ।

    प्रतिक्रिया दिनुहोस