आज: २०७९ माघ १५, आईतबार
ePaper
होमपेज /  Breaking News

बलात्कारीलाई मृत्युदण्ड दिन सांसदको माग

  • रारा रैबार
  • २०७४ चैत्र १३, मंगलबार मा प्रकाशित
  • ३८२ पटक पढिएको
  • मकवानपुर, चैत १३ – तीन नम्बर प्रदेशको मंगलबार बसेको संसद बैठकमा सांसदहरुले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डसम्मको कानुन बनाउन माग गरेका छन् ।
    बैठकमा बोल्दै सांसदले बालिका बलात्कारका घटना बढेकाले त्यस्ता समस्या समाधान गर्न मृत्युदण्डसम्मको कडा सजायको माग गरेका हुन् । संसद बैठकको शून्य समयमा बोल्दै प्रदेश सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको माग गर्नुभएको हो ।
    ‘बालिका बलात्कार जस्तो अति अमर्यादित क्रियाकलाप गर्नेलाई मृत्युदण्ड हुनुपर्दछ’, सांसद डंगोलले भन्नुभयो, ‘नेपालमा पछिल्लो समय सांस्कृतिक बिचलन बढेको छ, त्यस्ता समस्या राेक्न कडा कानुन ल्याउन अावश्यक छ ।’
    Source: http://ujyaaloonline.com/news/96101/Provience-3-meeting/

    प्रतिक्रिया दिनुहोस