आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

​नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ५ प्रदर्शनकारी घाइते

  • रारा रैबार
  • २०७४ चैत्र १४, बुधबार मा प्रकाशित
  • ४०१ पटक पढिएको
  • काठमाडौं, चैत १४ – काठमाडौंको  नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
    सडक विस्तारको क्रममा पुराना सम्पदा र धेरै पुराना घर पनि भत्काइएको भन्दै विभिन्न काठमाडौं उपत्यकाका विभिन्न जातीय समुदायले बुधबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।
    प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास हानेको छ । झडपमा ५ जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुकाे बानेश्वरकाे एभरेष्ट अस्पतालमा उपचार भैरहेकाे छ । अहिले माइतीघरदेखि नयाँ बानेश्वरसम्म गाडी चलेका छैनन् । 
    घटनास्थालबाट प्रहरीले ९ जना प्रदर्शनकारीलार्इ पक्राउ गरेकाे जनाएकाे छ ।
    Source:http://ujyaaloonline.com/news/96146/Strike/

    प्रतिक्रिया दिनुहोस