आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

कर्णालीमा अपराधी र भ्रष्टाचारीका दिनगन्ती सुरूः मुख्यमन्त्री शाही

  • रारा रैबार
  • २०७४ चैत्र १५, बिहिबार मा प्रकाशित
  • २१८ पटक पढिएको
  • १५ चैत, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अपराधी र भ्रष्टाचारीको युग कर्णालीबाट समाप्त भएको भएको बताएका छन् ।
    बुधबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

    समाजमा बढ्दै गएको अपारध र भ्रष्टाचार कर्णाली प्रदेशबाटै समाप्त हुने उनको दाबी थियो । ‘युवाहरु दिनदिनै दुव्र्यसनी र अपराधिक क्रियाकलापमा सहभागी भैरहेका छन् तर अब उनीहरुको दिनगन्ती सुरु भएको छ ।’ उनले भने ।
    विप्लब समूह र केही अराजक युवाहरुका कारण कर्णालीका जनता त्रसितपूर्ण वातावरणमा बाँचिरहेको भन्दै जनताको सुरक्षाको ग्यारेन्टी प्रदेश सरकारले गर्ने मुख्यमन्त्री शाहीले बताए ।
    Source:https://www.onlinekhabar.com/2018/03/668731

    प्रतिक्रिया दिनुहोस