आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

स्थानीय तहमा ५७ हजार ३५४ कर्मचारी पठाउने निर्णय, केन्द्रमा कटौती

  • रारा रैबार
  • २०७४ चैत्र १५, बिहिबार मा प्रकाशित
  • ४२३ पटक पढिएको
  • १४ चैत, काठमाडौं । सरकारले ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संगगठन, संरचना तथा दरबन्दीको प्रस्ताव स्वीकृत गरेको हो ।
    अब प्राविधि र प्रशासनिक गरी ५७ हजार ३५४ कर्मचारीलाई स्थानीय तहमा जानेछन् ।
    यसमा श्रेाणिविहीन समावेश भएको छैन । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाका अनुसार जनसंख्याका आधारमा कर्मचारीको संख्या निर्धारण गरिएको छ ।
    २५ हजार जनसंख्या भएका गाउँपालिका ३३४ छन् भने त्यसमाथि जनसंख्या भएका गाउँपालिका १२६ छन् । यस्तै २५ हजार जनसंख्या भएका नगरपालिका ३१, ५० हजारसम्म जनसंख्या भएका नगरपालिका १५१ र ७५ हजारसम्म जनसंख्या भएका नगरपालिका १६८ छन् ।
    यस्तै त्यसभन्दा धेरै जनसंख्या भएका नगरपालिका २६ वटा छन् भने उपमहानगर ११ महानगर ५ र संघीय राजधानी भएको महानगर एक वटा छन् । ७७ वटा जिल्ला समन्वय समितिसहित स्थानीय तहको संख्या ८३० पुग्छ ।
    बैठकले स्थानीय तहको सेवाप्रवाह सम्वन्धी २०७४ पास भएको छ ।
    कुन मन्त्रालयमा कति कटौती ?
    मन्त्रिपरिषद् बैठकले संघमा रहने २१ मन्त्रालयको संगठन संरचना र दरबन्दी पारित गरेको छ । संघको मन्त्रालयमा रहने दरबन्दी ३२६० बाट २६५४ मा झारिएको छ ।
    मन्त्रालयविद्यमान दरबन्दीनयाँ कायम दरबन्दी
    प्रधानमन्त्री कार्यालय१५८३०२
    ऋर्थ२२७१५२
    उद्योग११२११७
    कृषि३२५१७९
    खानेपानी७७६८
    गृह३०७२२६
    परराष्ट्र१४११४१
    भौतिक पूर्वाधार१०६९४
    महिला८०८६
    खेलकुद६६५६
    रक्षा९८९८
    वन१६११३०
    सहरी विकास१०२७७
    शिक्षा२२६१८७
    श्रम६७७२
    पर्यटन१०६८४
    सामान्य प्रशासन३३११७४
    सञ्चार७५८५
    स्वास्थ्य११११०६
    २०७४ चैत १५ गते २:३० मा प्रकाशित (२०७४ चैत १४ गते २१:३१मा अद्यावधिक गरिएको)


    Source:https://www.onlinekhabar.com/2018/03/668552

    प्रतिक्रिया दिनुहोस