आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  विचार/ब्लग

यी हुन् निजी विद्यालय खारेज गर्नैपर्ने १० कारण

  • रारा रैबार
  • २०७४ चैत्र १६, शुक्रबार मा प्रकाशित
  • ५८६ पटक पढिएको
  • डा. मनप्रसाद वाग्ले à¤¯à¥€ हुन् निजी विद्यालय खारेज गर्नैपर्ने १० कारण
    अहिले सरकारी र निजी शिक्षाबीच ठूलो खाडल छ । जबसम्म दुई प्रकारको शिक्षा रहन्छ, तबसम्म शिक्षाको गुणस्तर, दक्ष जनशक्ति उत्पादन, शुल्कमा मनोमानीलगायतका विवाद कायमै हुन्छ । त्यसकारण अब एकै किसिमको विद्यालय बनाउनुपर्छ । दुई किसिमको विद्यालय नेपालमा जरुरत छैन र निजी विद्यालय खारेज गर्नुपर्ने १० कारण छन् ।
    १. निजी विद्यालयले सामाजिक असमानता सिर्जना गरी विभिन्न वर्गको विद्यार्थी उत्पादन गर्यो । त्यसैले समाजवादमा नागरिकलाई दुई वर्गमा विभाजन गर्न पाइदैन । यसकारण निजी विद्यालयलाई खारेज गर्नुपर्छ ।

    २. निजी विद्यालयले नेपाली भाषाको चीरहरण गर्यो । अंग्रेजीकरण गरेर नेपाली भाषा सस्ंकृतिलाई प्रहार गरिएको छ । निजी विद्यालयमा अंग्रेजी नबोले विद्यार्थीलाई कान निमोठेर घर पठाइन्छ । यो राष्ट्रिय भाषाकै अपमान हो । त्यसैले नेपाली भाषाको चीरहरण गर्ने निजी विद्यालय बन्द गर्नैपर्छ ।

    ३. निजी विद्यालयले बाल मनोविज्ञान बिगारेका छन् । कम्तीमा पनि ६ देखि ७ वर्षको बालबालिकालाई मात्र विद्यालय र मोन्टेस्सरीमा भर्ना गर्नुपर्ने बाल मनोविज्ञानले भन्छ । तर निजी विद्यालयले हिड्न नसक्ने १२ देखि १४ महिनाकै बालबच्चा मोन्टेस्सरीमा भर्ना गरिन्छ र जबर्जस्ती पेन्सिल समाएर लेख्न सिकाइन्छ । यो जस्तो ठूलो अपराध अरु के हुन्छ ? बाल मनोविज्ञानले बच्चाहरुको मस्तिष्क सिक्न तयार नभईकन जबर्जस्ती लेख्न र पढ्न सिकान्छ भने पछि उसको उत्तर बाल्यअवस्थामा गइसकेपछि त्यो सिकाई खत्तम हुन्छ । उसको जति मस्तिष्क र शरीरको विकास राम्रो हुन सक्दैन् ।
    जसकारण विद्यार्थीले भोलि सबै कुरा कण्ठ पारेर पढ्न सक्ला । तर उसको सिर्जनात्मक र सोच्न सक्ने क्षमता भने ह्रास हुन्छ । यसकारण पनि निजी विद्यालय बन्द गर्नुपर्छ । घोकन्ते शिक्षा मात्रै रटाइएको छ । फिनल्याण्ड सरकारले मस्तिष्कको पूरा विकास नभईकन विद्यार्थीलाई कक्षामा भर्ना गर्न दिँदैन । अर्थात् ७ वर्ष पूरा भएका बालबच्चालाई मात्र विद्यालयमा भर्ना गर्न अनुमति दिन्छ । त्यसअघि बच्चालाई खेल्न, आफैँले सिक्न र खुल्ला वातावरणमा सबै कुराको अनुभव गर्न छोडिदिन्छ । त्यो किनभने बच्चाको ‘नशा, स्नायु, मष्तिष्क’ सबै कुराको विकासका लागि हो । अहिले यसको ख्याल गरिएन भने निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्धकारमा पार्नु हो । त्यसकारण निजी विद्यालय बाल मनोविज्ञान विरुद्ध छन् र बन्द गर्न लाग्नुपर्छ ।

    ४. विद्यार्थीको थाप्लोमा जबर्जस्ती पढाईको भार मात्रै थपिएको छ । १२ मा पढ्ने कुरा १० मा ल्याइदिने, १० मा पढ्ने कुरा ८ मा पढाई दिने, ८ मा पढ्ने कुरा ६ र ६ मा पढ्ने कुरा १ कक्षामा पढाई दिने । यसो गर्न पाइन्छ । विद्यार्थीले बुझ्दै नबुझ्ने कुरा जबर्जस्ती पढाएर कहीँ हुन्छ ? सरकारले ल्याएको किताब मात्र पढाएर कहाँ हुन्छ भन्दै आफूले जुन पायो, त्यही किताब पढाउन मिल्छ ? त्यसैले यो अपराध हो, बाल विकासविरुद्ध हो । यसलाई न्यूनीकरण गर्न पनि निजी विद्यालय बन्द गर्नुपर्छ ।

    ५. किताबको भारी र कमिसन । उमेरले सुहाउँदैन । कक्षा अनुसार पनि सुहाउदैन । तर किताबको भारी । त्यो सबै किताब पढाउन पाइदैन, समयले सकिँदैन । तर फेशन ल्याइएको छ । फेशन मात्रै होइन कमिसन आउँछ भनेर किताबको भारी बोक्न लगाइएको छ । यस्तो प्रकारको अन्याय अत्याचार निजी विद्यालयले बालबालिकामाथि गरेका छन् । यसबाट अभिभावक पीडित पनि छन् । तर अभिभावकले यस्तो कुरा बुझेका छैनन् । अब बुझाउनुपर्छ । र अन्याय गर्ने माथि औँला ठड्याउनुपर्छ ।
    ६. अभिभावक र शिक्षकमाथि चरम आर्थिक शोषण । विद्यार्थीलाई पढाउन भन्दै अभिभावकबाट चर्को शुल्क लिने तर पढाउने शिक्षकलाई खान पुग्ने तलब नदिने । देशभरीकै निजी विद्यालयका शिक्षकले एकदिन एक घण्टा पनि नअलमलिई काम गरेका छन् । तर पुग्ने गरी निजी विद्यालय सञ्चालकले सेवा सुविधा दिएका छैनन् । दुवै प्रकारले आर्थिक शोषण गर्ने र आफू मोटाउने विद्यालय सञ्चालकले गरेका छन् । त्यसकारण पनि निजी विद्यालय बन्द गर्नुपर्छ ।
    ७. दादागिरी देखाउने, कानुन नमान्ने । निजी विद्यालय कानुनको सजायका भागिदार छन् । तर कहिल्यै नमान्ने । सरकारले बनाएका कुनै पनि नीति, निर्देशिका, कानुन नमान्ने किन ? किनकी उनीहरु सरकारभन्दा आफू माथि छौँ भन्ने ठान्छन् । यो देशमा कोही पनि कानुन र सरकारभन्दा माथि छैनन् । यो बेथिती ल्याएका छन् । यसलाई तोड्नका लागि पनि निजी विद्यालय बन्द गर्नुपर्छ । सरकारले बनाएका नीति नमान्ने निजीविद्यालय को हुन् ? कि समानान्तर सरकार बनाएर चलाउनुपर्यो । होइन भने नेपाली कांग्रेसको जस्तो छाँया सरकार बनाउनुपर्यो ।

    ८. अस्वस्थ्य प्रतिष्पर्धा । निजी विद्यालयका दुई तरिकाले अस्वस्थ्य प्रतिष्पर्धा गरिरहेका छन् । पहिलो विद्यालयपिच्छे हजारौँ, लाखौँ पैसा लिएर विद्यार्थी भर्ना गर्ने र पढाउने । दोस्रो बुढानिलकण्ठको विद्यार्थीलाई धापाखेल ल्याएर पढाउने । आफ्नो नजिकको स्कुल क्षेत्र नै छैन । यस्तो अस्वस्थ्य प्रतिष्पर्धा गर्ने निजी विद्यालय खारेज गर्नैपर्छ ।

    ९. निजी विद्यालय पढ्ने विदेश जाने । निजी विद्यालयबाट १२ कक्षा पास गर्नेहरु यो देशमा कति छन् ? ती सबै बाहिर जानका लागि तयार भएका जनशक्ति हुन् । भनेपछि निजी विद्यालय राख्नुपर्छ भन्ने ग्यारेन्टी के ? १२ कक्षा पास गर्न पाएको छैन्, आयल्स र टोफेल दिएर खुट्टा उचालेर बाहिर पठाउनलाई निजी विद्यालयमा लगानी गर्ने हो ? निजी विद्यालयले राज्यका लागि के गरे ? देशका लागि के गरे ‘जिरो’ । कतिपय निजी विद्यालयले गुणस्तर छ भन्छन् । हाम्रा विद्यार्थी यतिजना बेलायतमा यति अमेरिकामा छन् । यही हो गुणस्तर ? के त्यतिका लागि विद्यार्थी पढाएका हो ? यो भएन । यसकारण पनि निजी विद्यालय बन्द गर्नुपर्छ ।
    १०. अभिभावकबाट पैसा लुट्ने, सांसद बन्ने । विद्यार्थीबाट भर्नाका नाममा, ट्युसन पढाउने नाममा लाखौँ रुपैयाँ उठाउने । अनि त्यो पैसा लिएर सांसद बन्ने । एउटा गाउँपालिकाको टिकट पाउन त १५/२० लाख रुपैयाँ नदिइकन हुदैन् भने सांसद बन्न त कम्तीमा ५ करोड चाहियो नि । त्यो पैसा कहाँबाट ल्याउने ? त्यही विभिन्न वाहनामा अभिभावकबाट शुल्क उठाउने र सांसद बन्ने । यसअघि त धेरै थिए । अहिले कम छन् । तपाईको पैसा मेरो पैसा लिएर हामी उहाँलाई सांसद बनाउनलाई निजी विद्यालय किन चाहियो ?
    (शिक्षाविद् वाग्लेले बुधबार शिक्षाका लागि राष्ट्रिय अभियान एनसीई नेपालले गरेको कार्यक्रममा राखेको धारणाको सम्पादित अंश) 


    Source:http://ujyaaloonline.com/news/96185/education-expert-view-/

    प्रतिक्रिया दिनुहोस