आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

अस्थायी शिक्षकको परीक्षा स्थगित

  • रारा रैबार
  • २०७४ चैत्र १६, शुक्रबार मा प्रकाशित
  • ४१८ पटक पढिएको
  • काठमाडौं, चैत १६ – आउँदो चैत २३ गते हुने भनिएको शिक्षकको आन्तरिक परीक्षा स्थगित भएको छ । 
    शिक्षक सेवा आयोगले शुक्रबार सूचना सार्वजनिक गर्दै अहिलेलाई परीक्षा स्थगित गरिएको जनाएको छ । 
     
    बिहीबार नै अस्थायी शिक्षकलाई स्थायी बनाउने परीक्षाको स्थगनको माग राख्दैसयुक्त विद्यार्थी संगठनले एक घण्टा चक्काजाम गरेका थिए । 
    उनीहरुले शिक्षक सेवा आयोगले लिइने परीक्षामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेका भन्दै परीक्षा स्थगितको माग गरी दिउँसो १२ देखि १ बजेसम्म माइतीघर मण्डलामा चक्का जाम गरेका थिए । 
    विद्यार्थी संगठनले शिक्षा ऐन–२०२८ को नवाैँ संशोधन बमोजिम आन्तरिक विज्ञापन गरी अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेको भन्दै परीक्षा स्थगितको माग गरेका हुन ।
    Source:http://ujyaaloonline.com/news/96269/teacher’s-exam-postpond/

    प्रतिक्रिया दिनुहोस