आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  राजनीति

जनप्रतिनिधिलाई एकहप्ता भित्र राजिनामा दिन जनपरिषद्‍को आग्रह

  • रारा रैबार
  • २०७४ चैत्र २८, बुधबार मा प्रकाशित
  • ९८१ पटक पढिएको
  • दीपक भट्ट/ रामेछाप २८ चैत्र
    नौ महिना अघि निर्वाचित भएका रामेछापका ८ वटै स्थानिय तहका प्रमुख, र वडा अध्यक्षहरुलाई एकहप्ता भित्र राजिनामा दिन जिल्ला जनपरिषद् नेपाल रामेछापले सबै तहका प्रमुखहरुलाई बुुधबार दिउँसो पत्राचार गरेको छ ।
    जनपरिषद्ले स्थानीय निकायको निर्वाचन पछि झन देशमा राजनीतिक परिस्थिती गम्भीर संकट एवं अस्थिरता, अन्यौलता र अन्तरविरोधहरुबाट संचालन भइरहेको, जनता राष्ट्रियता, जनअधिकार र जनजीविकाका अनेकौं जटिल समस्याबाट पिल्सिएको बताएको छ । देशको सीमा अतिक्रमण, मौलाउँदो भ्रष्टाचार कमिसन र दलाली लगाएतका गतिविधिहरु बढिरहेको निर्वाचित जनप्रतिनिधिहरु कुर्सिको लागि नै लुछाचुडी गरिरहेकाे भन्दै तत्काल आफ्नो पदबाट राजिनामा गर्न जनपरिषद्ले निर्देशन गरेको हो ।

    जननिर्वाचित पदाधिकारीहरुले कुनै आयस्रोत नै नभएका सोझा सिधा नागरिकलाई यो वा ऊ बहानामा कर थोपारेर लुट्न खोजेको, भ्रष्टाचार व्यापक रुपमा मौलाउँदै गएकाले यी सबै व्यथिती अन्त्य गर्नको लागि संसदीय दलाल पूँजीवादी व्यवस्था छिट्टै अन्त्य गर्ने भएकाले सबै तहका जनप्रतिनिधिहरुले आफ्नो पदबाट राजिनामा दिन अनुरोध गरेको हो ।
    तोकेको समय सिमाभित्र राजिनामा नदिए राष्ट्र, जनता र जनसत्ता विरोधीको रुपमा जनकार्वाही समेत गर्ने जिल्ला जनपरिषद् नेपाल रामेछापका प्रमुख क.तुफानद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
    source:http://www.enayapatrika.com/2018/04/11/39624/

    प्रतिक्रिया दिनुहोस