आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

एसईईको नतिजा सार्वजनिक

  • रारा रैबार
  • २०७५ अषाढ ९, शनिबार मा प्रकाशित
  • ५९६ पटक पढिएको
  • ९ असार रारा रैवार मुगु
    परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा शनिबार सार्वजनिक गरेको छ ।कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो।
    कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४लाख ५१ हजार ५ सय ३२ तर्फ ३।६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज ९जीपीए० १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन्।
    यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४६ हजार १ सय ३० जना छन्।
     २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ४९ हजार ३७ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने 
    विद्यार्थी ७० हजार ५ सय १२ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ६१ हजार ८ सय ७० र १.६ देखि २.०० जीपीएसम्म ल्याउने 
    एक लाख १० हजार ४३ विद्यार्थी छन्। १.२५ देखि १.६० सम्म ल्याउने ३५ हजार ५ सय ८५ जना विद्यार्थी रहेका छन्। ०.८५ देखि १.२० ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन्।
    नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । 
    त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको 

    प्रतिक्रिया दिनुहोस