आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

एसईईको नतिजा आज प्रकाशित हुँदै, यसरी हेर्नुहोस् नजिता

  • रारा रैबार
  • २०७५ अषाढ ९, शनिबार मा प्रकाशित
  • ६०० पटक पढिएको


  • ९ असार  रारा रैवार मुगु
    माध्यमिक शिक्षा परीक्षा (एसईई )को नतिजा आज प्रकाशित हुने भएको छ ।परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले आज ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको सीआईएनलाई जानकारी दिनुभयो । आज दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ।
    ४ बजे पत्रकार सम्मेलन राखिएको छ।गतवर्षको एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए ।
    नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस