असार ९ रारा रैवार मुगु
नुवाकोट बिहे भोजमा मासु चाख्ने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किदा विदुर नगरपालिका वडा नम्बर १३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको हो ।आफन्तको बिहेमा गएका कोइरालाको भोजमा मासु खाँदा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिएका छन् ।
चाख्ने क्रममा मासुको हाड घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको थियो तर अस्पताल लाने क्रम
मा कोइरालाको बाटामै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस