आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

मुगुका टोल टोलमा प्रहरी अभियान

  • रारा रैबार
  • २०७५ अषाढ ११, सोमबार मा प्रकाशित
  • ४३३ पटक पढिएको
  • मुुुगु ११ रारा रैवार  
    मुगुमा ग्रमिणदेखि सदरमुकाम क्षेत्रका टोल टोलमा बिहिबार देखि प्रहरी अभियान सञ्चालन गरिएको छ । समाजमा हुने अपराधिक गतिबिधि, जाँड रक्सी खाएर हो(हाल्ला गर्ने लगायत महिला हिसां र बालविवाह न्युनिकरण गरेर समाजमा शान्ति स्थापना गर्न टोल टोलमा प्रहरी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ।
    टोल टोलमा प्रहरी अभियान अन्तरगत बिभिन्न्न सचेतजनमुलक कार्यक्रम समेत प्रहरीले गरिरहेको छ । अभियान अन्तरगत आइतबार लागुऔषध द्रुब्यसनीका बारे जानकारीसहित लागु औषध द्रुब्यसनीले पार्ने अल्पकालिन असर तथा दिर्घकालिन असरका बारेमा माहाकाली माध्यामि बिद्यालयका बिद्यार्थीहरुलार्इ प्रहरीले प्रशिक्षण दिएको थियो ।
    बिद्यार्थी बालबालिकाहरुले लागु औषध द्रुब्यसन र घरे

    लु मदिराको बिक्रि बितरणमा समुदायमा सचेतना जोगाउन सक्ने भन्दै बिद्यार्थीलाइ लागु औषध द्रुब्यसन सम्बन्धि प्रशिक्षण दिइएको मुगु प्रहरीले जनाएको छ।

    मुगुमा लागु औषधका घटनाहरु लुकिछिपी भइरहेकाले त्यसको रोकथाम गर्न र अब हुन सक्ने घटनाका बारेमा सचेत गराउँन माहाकाली माध्यामिक, विद्यालयका बिद्यार्थीलाई सचेतनामुलक प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी निरिक्षक डेकेन्द्र शर्मा  बताए ।
    उनका अुनसार सकारात्मक समाजको निर्माणमा गर्न बिद्यार्थी तथा बालबालिकाको अहम भूमिक हुने भएकाले बिद्यार्थीलाई टोल टोलमा प्रहरी अभियानका अन्तरगत लागुऔषध रोकथामका बारेमा जानकारी गराइएको बताए।
    बालवालिका भविष्यका कर्णदार हुन यो बेलामा लागु औषध र मदिराको लतमा फसेमा उनीहरुको भबिष्य अन्धकार हुने भन्दै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अभिभावकले पनि आफना छोराछोरीको संगत तथा बानी ब्यबहार निगरानी गर्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस