आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

विद्यालय पोषण बगैंचा कार्यक्रम प्रभावकारी बन्दै

  • रारा रैबार
  • २०७५ अषाढ १४, बिहिबार मा प्रकाशित
  • २७६ पटक पढिएको
  • नन्द बहादुर रोकाय
    मुगु १४ असार रारा रैवार 
    मुगु  मुगुमा विद्यालय पोषण बगैंचा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । छायाँनाथ रारा नगरपालिका भित्रका ११ वटा बिद्यालयमा सञ्चालित बिद्यालय पोषण बगैंचा कार्यक्रम प्रभावकारी बन्दै गएपछि कार्यक्रम लागू भएका बिद्यालयका शिक्षक बिद्यार्थी दुवै खुसी भएका छन ।
    मुगुका जिल्लावासीलाई पोषणको महत्वको बारेमा जानकारी दिनुका साथै जिल्लावासीमा पोषण स्थितिमा सुधार ल्याउन छायाँनाथ कोसेली घरले नगरपालिका भित्रका ११ वटा विद्यालयमा विद्यालय पोषण बगैंचा कार्यक्रम सञ्चालन गरी काम गदै आएको छ ।
    मुगुमा देखिएको पोषणको स्थितिलाई मनन् गरी विद्यालय मार्फत पोषणको महत्वका बारेमा जानकारी गराउने र पोषण स्थितिमा सुधार ल्याउने उदेश्यका साथ विद्यालय पोषण बगैचा कार्यक्रमको थालनी गरिएको छायाँनाथ कोसेली घरका अध्यक्ष चेतना शाहीले बताईन।
    अध्यक्ष चेतना शाहीले भनिन्,’ मुगुमा पोषको स्थिति नाजुक छ, पोषणकै कारण अधिकासंकाले रोग पालेर बाँच्न बाध्य भईरहेका छन, यसलाई निराकरण गर्न र समाजमा पोषणको स्थितिमा सुधार ल्याउन देखिएकाले विद्यालय पोषण बगैंचा कार्यक्रमको थालानी गरिएको हो।’
    विद्यालयका शिक्षक विद्यार्थी मार्फत समाजमा पोषणका बारेमा सुसुचित गर्न सजिलो हुने र स्थानीयले पोषणको महत्व सजिलै बुझने भएकाले पनि पहिलो प्रथामिकताका साथ अन्य माध्याम भन्दा विद्यालयलाई रोजेकोे अध्यक्ष शाहीको भनाई छ ।
    यो कार्यक्रम अहिले नगरपालीका भित्रका ११ वटा विद्यालयमा लागु भएको र जिल्ला भित्रका अन्य विद्यालयमा पनि लागू गरीने अध्यक्ष शाहीले बताइन्।
    यो कार्यक्रमलाई दिर्घकालीन र प्रभावकारी बनाउन विद्यालयमा कृषि र पोषण सम्बन्धि एेच्छिक बिषयका रुपमा पढाई समेत गराइने जनाईएको छ ।
    एक घर एक करेसा बारी
    छायाँनाथ कोसेली घरले एक घर एक करेसा बारी अभियानको थालानी गरेको छ । छायाँनाथ रारा नगरपालिका भित्रका वडा बस्तीमा एक घर एक करेसा बारीको थालनी गरिएको हो । 
    यो अभियान संगै छायाँनाथ कोसेली घरले तरकारी खेती उन्न्त र सिमी लगायतका स्थानीय बालीका बिउ बिजन वितरण गर्नुका साथै तरकारी खेती सम्बन्धी तालीमा पनी दिईदै आएको छ । 
    दिन प्रति दिन स्थानीय बालीको लोप भइरहेका बेला स्थानीय बालीको संरक्षण गर्न सबैका भूमिका उत्तिकै हुने छायाँनाथ कोसेली घरका अध्यक्ष शाहीले बताईन । 
    मुगुमा स्थानीय बालीको उत्पादन प्रर्वद्धन तथा बजारीकरण गर्ने उदेश्यका साथ छायाँनाथ कोसेली घर स्थापाना गरिएको बताउँदै शाहीले एक घर एक करेसाबारी अभियान सञ्चालन गरी स्थानीय बालीको संरक्षण प्रर्वद्धन तथा बजारीकरणमा छायाँनाथ कोसेली घर लागिपरेको बताइन् ।
    तरकारी खाने बानीको विकास
    मुगुमा बिभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाले तरकारी खेती तथा तरकारी नियमित खार्नु पर्छ भन्ने स्वस्थ्यमुलक जानकारी गराए सँगै मुगुका जिल्‍लावासी आजभोली नियमित तरकारी खाने गरेका छन ।
     केहि बर्ष पहिले सुख्खा खाना खाने तरकारी नलागाउने , तथा तरकारी लगाएपनि बजारमा बेच्न जाने आफुहरु तरकारी नियमित नखाने मुगु जिल्‍लावासी केही परिवर्तित भएका छन ।आज भोली नियमित तरकारी खाने बानीको विकास भएको छ ।
    आर्यतित सामनको प्रयोग
    मुग जिल्ला सडक सञ्जालमा जोडिए संगै मुगुका स्थानीय आयातित सामानको प्रयोग गर्न थालेका छन । तराईबाट सस्तो मुल्यमा सामाना आउने 
    गरेसंगै मुगुका जिल्लावासी आयातित सामानको अध्याधिक प्रयोग गर्न थालेका हुन । खेतीपाती गर्न छाडेका छन, खेत बारी दिनप्रति दिन बाँझो बन्दै गहेको छ ।
     किसानमा अल्छिपन छाएको छ, सबै परनिर्भर बन्दै गएका छन । स्थानीय बालीको लोप हुँदै गएको छ । स्थानीय बालीको लोप हुन बाट बचाउँन छायाँनाथ कोसेली घरले स्थानीय बालीको संरक्षण प्रर्वद्धन तथा बजारीकरण गदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस