आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

रोनाल्डेश्वर र मेस्वेश्वर को बिदाई

  • रारा रैबार
  • २०७५ अषाढ १८, सोमबार मा प्रकाशित
  • ७२३ पटक पढिएको
  • जय रोनाल्डेश्वर अनि जय मेश्वेश्वर । साथै जय यिनै ईश्वरका साक्षात भक्तजनहरु । यो जगतको विराट  खेलाकाशमा सुर्य बनेर चम्केका ।विश्वको गोलाईलाई फुटबलले नै नाप्न खोजेका । तिमी दुवै खेलेश्वरको अन्तरध्यानले भक्तको रुवाबासि त चलेको छ नै । साथसाथै अब यस खेल जगतमा नव ईश्वरको अवतार हुने सम्भावना पनि सशक्त भएर जुर्मुराएको छ । 
       हे रोनाल्डेश्वर र र मेस्वेश्वर 
    तिमिलाई यो कुरा पनि थाहा होला । संसारको ईतिहासमा हेर्ने हो भने हरेक मानिस,समाज र विश्व हार्नेको होईन  जित्नेको  पछाडि दौडिरहेछन्  । असक्तलाई होईन झन्  सशक्तलाई काँधमा बाकिरहेछन् । यो मनुवाको बानि पनि अचम्मको छ । आज रोनाल्डो र मेस्सि बिना श्वास फेर्न नसक्नेहरु भालि जित्नेकै भक्त हुनेछन्।जसरि श्रीमतिको स्वर्गे पछि श्रीमान र श्रीमानको मृत्यु पछि श्रीमतिले अर्को विहे गर्छन् ।।
    हाई रोनाल्डेश्वर र मेस्वेश्वर ।
    संसारको कुनै चिज समाप्त हुँदा बाँकि रहेका अरु त्यसको लाशले होईन गुणले अमूल्य आँशुको थोपा टिल्पिलाउने गर्छन् । यो फुटबलको महायज्ञबाट तिमी दुबैजनाको विश्वको माझमा उभिएर दुवै हात हल्लाउँदै गोल्डकप उचाल्ने सपना एेना फुटेसरि चकनाचुर भएपनि तिम्रो खेलको अनुसरण गर्ने  उदाउँदा ईश्वर र भक्तमा कमि आउने छैन । तिमी विना अबको फुटबल यात्रा विश्वका अधिकांश भक्तका माझमा सुकेको कागति जस्तै निरस त बन्ने छ नै । तर के गर्नु भिरमा लडेको गाईलाई रामराम भन्न सकिन्छ तर काँधमा हाल्न सकिन्न । समय न हो यसले कोल्टे फेरेको थाहा नै हुदो रहेनछ । बगेको खोला फर्कने भए मरेको मुर्दा ब्युझने भए आहा१ त्यो समय जस्तो महान अरु के नै हुन्थ्यो होला र है 
    डियर दद्वयेश्वर 
    संसार जित्ने सपना त कसलाई हुदैन । तर पनि आवश्यकता र क्षमता भन्दा पनि बढि सोचिएको सपनाले आफैलाई मिच्छ । पृथ्वी  गोलो छ । तिमिसँग खेलेर जित्ने सँग घुम्दै जाँदा भेट हुन्छ अवश्य ।
    अवको गन्तव्य लाई काँडा रहित बनाउनु । ठेस लागेर उठेको मानिस नै महनन बन्छ । हामी दौडिन खाज्दा सानोमा कति धेरै पटक लडेथ्यौँ त्यो गनेर साध्य छैन ।गन्न पनि हुदैन । सुनलाई गहना बन्न कति चोट सहनु पर्छ । पत्थरलाई मूर्ति बन्न कति पीडा सहनु पर्छ ।
    संसार हेरेर चित्त बुझाउने हो। अब सोचौँ कि यो विश्वकप हाम्रो हातमा रहेनछ । फुटबलको देवालयमा  अब उदयमान एक नयाँ ईश्वरको जन्म हुनेछ ।नयाँ ईश्वरलाई बधाई , रोनाल्डेश्वर र मेश्वेस्वरलाई बिदाई ।
    प्रकाशित २०७५ /०३/१८
    लेखक चन्द्र प्रकाश बढुवाल रोवा मुगु

    प्रतिक्रिया दिनुहोस