आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

जुम्लामा जिवन बिमा गराउनेहरुको सख्या बढ्दै

  • रारा रैबार
  • २०७५ अषाढ ३०, शनिबार मा प्रकाशित
  • ९३७ पटक पढिएको
  • शान्तीमाया खत्री

    असार ३० जुम्ला
    जुम्लामा जिवन बिमा गराउनेहरुको सख्या बढ्दै गएको छ । सुरक्षीत जिवन उज्वल भबिष्यको आसाका साथ जिवन बिमा गर्नेको सख्या वृद्धि भएको हो । बिमाको बारेमा सबैलाई जानकारी गराए सँगै बिमा गराउने हरुको सख्या बढ्दै गएको एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेड शाखा कार्यालय जुम्लाले जनाएको छ । कार्यलयका अनुसार अहिले सम्म ४ हजार ५ यस भन्दा बढी व्यक्तिले जिवन बिमा गराई सकेका छन । जिवन बिमा गराउनको लागी साडे सात सय जना अभिकर्ताहरुले महत्वपुर्ण भुमिका खेलेको  शाखा कार्यालय जुम्लाका शाखा प्रबन्धक बिर बहादुर भण्डारीले बताएका छन । स्थानिय बासीहरुको बिश्वासिलो व्यक्रि नै बिमा गराउने अभिकर्ता भएको हुदा बिमा कार्य सहज भएको उनले तबाएका छन । अभिकर्ताहरुकै सक्रियताले गर्दा धेरै जनाको बिमा गराउन सफल भएको उनको भनाई रहेको छ । कर्णाली प्रदेशकै दोस्रो शाखाको रुपमा शाखा बिस्तार गरी बिमती व्यतिm लाई दिनु पर्ने आबश्यक सेवा सुबिधा नियमित रुपमा प्रधान गर्दै आएको शाखा प्रबन्धक भण्डारीले बताएका छन । आफ्नो र आफ्ना भाबी सन्तती हरुको सुरक्षाको लागी सबलै समयमै जिवन बिमा गर्नु पर्ने एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेड शाखा कार्यालय जुम्लाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस