आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

मुगु मलेरीया रोग बाट नेपालकै उच्च जोखीममा

  • रारा रैबार
  • २०७५ श्रावण २, बुधबार मा प्रकाशित
  • ७२२ पटक पढिएको
  • दान बहादुर बुढा साउन १ गर्ते

    बिगतमा तराईमा फैलीएका मलेरीया रोग पछीलो समयमा बिकट उच्चहिमाली जिल्ला मुगुमा देखीन थाले पछी समग्रह नेपालको तथ्याङ्गक अनुसार मलेरीया रोग बाट उच्च जोखीममा मुगु जिल्ला रहेको एक अन्तरक्रियाबाट सार्वजनिक गरीएको छ ।
    गर्त बर्ष र यो बर्ष मुगु जिल्लाको खत्याड गाँउपालिकाको वडा नम्बर ८र १० रिगा गाँउमा मलेरीया रोग फैलीएको हुदा यो बर्षको मलेरीया रोग सम्बन्धि जिल्लामा रहेको सरोकार वाला निकाय बिचको एक अन्तरक्रिया कार्याक्रममा प्रस्तुत गर्दा आ.व ०७४।०७५ मलेरीया रोग बारे चेकजाच गर्दा १सय ३८ जनामा यो रोग देखीएको अषाढ महिनामा मात्र ५० जनामा यो मलेरीया रोग देखा परेको छ । जस मध्य ४ बर्ष मुनिका २२ जना,५देखी ९ बर्ष सम्मका ३० जना,१०बर्ष देखी१४ बर्ष सम्मका ३३ जना,१५ बर्ष देखी मार्थि उम्मेरका ५३ जना गरी महिला ८१ जना र पुरुस ५७ जना मा मलेरीया रोग देखा परेको जिल्ला स्वास्थ्य कार्यालय मुगुले अन्तरक्रिया कार्याक्रममा जनाएको छ । 
    तेस रीगा गाँउ लगाएत खत्याड क्षेत्रमा लामखुट्यालाई नियन्त्रण गर्नको लागी क्षेत्रीय मेडीकल स्टोर बाट एल एलआई नामक झुल २ हजार थान बितरण गरेको जिल्ला स्वास्थ्य कार्यालय मुगु  ईजिसीडी महाँशाखा काठमाडौ टेकु बाट आएको स्वासथ्य कर्मिको टिम र जिल्लामा रहेका बिभिन्न संघ सस्थाको पहलमा औलो प्रभाबित क्षेत्रमा जनचेतना मुलक कार्याक्रम,बिटनासक औषधी बितरण ,गरीएको र पछील्लो अबस्थामा केही नियन्त्रणामा आएको समेत जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छन । 
    नेपालमा औलो रोग सार्ने ३ प्रजातिका पोथी  लामखेट्यले प्जाज्मोडीएम भाइभेक्स नामक भेक्टर मानिसमा सार्ने गरेको पाइएको छ इपिडिमियोलोजी तथा महामारी नियन्त्रण महाशाखाका भेक्टर कन्टोल अधिकृत उत्तमराज प्याकुरेलले बताएका छन नेपालमा पाईने ७० जातका लामखुट्यले औलो रोग सार्ने गरेको छ । मुगुको रीगा र आसपास गाँउमा फैलिएका औलो रोग एनोफिलिज एनुलारिज एनोफिज म्याकुलेटस र एनोफिलिज क्वाडिक्याकुलेटर नामक पोथी लामखुट्य रीगामा उत्पादन भएर हुर्किएको पाईएको र फैलिएको बताएका छन ।
    औलो रोग नियन्त्रणाको लागी काठमाडौ बाट आएको बिशेषज्ञ टोलीका अनुसार यहाँका मानिसहरु सरसफाई नगर्ने ,समयमा खानपनि नगर्ने समयमा नसुत्र्ने १४ दिन नियमित खानु पर्ने औषधी २,३ दिन सम्म खार्ने बाँकी खेरा फाल्नो गरेको हुदा थप मलेरीया रोग लम्बीने गरेको छ । 
    औलो रोग नियन्त्रणमा निकै चुनैती रहेको छ नेपाल सरकारले सन् २०२२सम्म औलो रोग शुन्यमा झारर्ने र २०२६मा औलो रोग निमूल पार्ने लक्ष्य भएतापनि पछिल्लो समयमा मुगुको रिगा गाँउ बाट नेपालकै उच्च रेकडमा औलो रोग भएका बिरामीको संख्या बढेको हुदा निकै चुनैति रहेको इपिडिमियोलोजी तथा महामारी नियन्त्रण महाँशाखाका भेक्टर कन्टोल अधिकृत प्याकुरेलले बताएका छन ।
    यो औलो रोग निमूलको लागी हरपहल जुनशुकै अबस्थामा पनि जिल्ला प्रशासन कार्यालय तयार रहेको सबै भन्दा प्रेकोप भएको रीगा गाँउ बाहेक अन्य जिल्लाको बिभिन्न ठाँउमा परीक्षण गनु प्रर्ने प्रमुख जिल्ला अधिकारी उमाकन्त अधिकारीले बताएका छन ।अहिले ल्याप परीक्षण गर्ने स्थान जिल्ला भरीको रातापानि पएिसी र सदरमुकाम गमगढी ठीनिमा रहेको हुदा थप रोगको पहिचाहन नर्ग गारो भएको छ 

    प्रतिक्रिया दिनुहोस