आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

विश्वका चारधाम भित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा सुरु

  • रारा रैबार
  • २०७५ भाद्र ३, आईतबार मा प्रकाशित
  • २७८ पटक पढिएको
  • भदौ ०३ मुगु

    विश्वका चारधाम भित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ । शनिबार छायाँनाथ रारा नगरपालिका वडा नं २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकामरोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा शुरु भएको हो । हरेक बर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्युको मुर्ति पवित्र धाम छायाँनाथमा नुहाउन लगिए संगै छायाँनाथ धाम तिर्थ यात्र शुरु भएको मानिन्छ ।
    शनिबार लगिएको शिवजीको मूर्ती जनैपूर्णीसम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागि मुगु लगायत, जुम्ला हुम्ला कालीकोट डोल्पा दैलेख,जाजरकोट , बाजुरा ,अछाम, डोटी लगायतका धामी झाँक्रीसहित तीर्थालुहरु दर्शन गर्न छायाँनाथ धाममा आउने गर्दछन ।जनैपूर्णीमामा छायाँनाथमा ५ दिनसम्म पुजापाठ, होम ब्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरा लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी लक्ष्मी प्रसाद चौलागाईंले बताए । विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेविको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तिर्थस्थलका रुपमा पुज्न थालिएको पुजारीको भनाई छ ।
    उक्त छायाँनाथ मन्दिरमा जाने तीर्थालुहरुले श्राद्ध, होम, व्रतबन्ध, र आफुले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । कोही झाँक्री बनेर आउने गरेका छन् भने कोही देवताका घण्टमाला पवित्र बनाउन जाने गरेका छन् । बिश्वकै ४ पवित्र स्थलका रुपमा रहेको छायाँनाथ बिश्वकै उच्च स्थानमा रहने धामका रुपमा समेत चिनिने गर्दछ । आज प्रस्थान गरेको टोली अबको ९ दिन पछाडी अथवा परेउ पुर्णीमा दिनमा फर्किने गर्दछ ।यसैबिच, आज नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल क्रृणमोक्ष मन्दिरमा पनी छायाँनाथ मन्दिरमा रहेको अर्को मुर्ती लिएर तिर्थालुहरु जाने भएका छन् । त्यहाँ पनि मुगु लगायत जिल्ला बाहिरका तिर्थालु दर्शन गर्द आउने गर्दछन् ।

    प्रतिक्रिया दिनुहोस