आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

तिर्थयात्रा गहेका प्रहरी असईको लेक लागेर मृत्यु

  • रारा रैबार
  • २०७५ भाद्र ८, शुक्रबार मा प्रकाशित
  • ३०५ पटक पढिएको


  • भदौ ०८ मुगु
    मुगु जिल्लाको प्रसिद्ध धार्मिकस्थलको तिर्थ यात्रामा गहेका  एक जना प्रहरी असईको लेक लागेर मृत्यु भएको छ ।छायाँना रारा नगरपालीका वडा नं १० गाईरिटाउन भन्ने ठाउँमा लेक लागेर दार्चुला जिल्ला महाकाली नगरपालीका वडा नं १ घर भएका अन्दाजि ४० बर्षका प्रहरी असई  देवेन्द्र सिहं धामीको मृत्यु भएको  हो । जिल्लाको प्रसिद्ध धार्मिक स्थल त्रृmण मोक्ष मन्दिर मा मुर्ति र पुजारीको सुरक्षाका लागी  हरेक बर्ष सुरक्षाकर्मि  त्रृmण मोक्ष मन्दिरमा जाने गर्दछन । यो बर्षपनी गहेको  आईत बार छायाँनाथ मन्दिर बाट त्रृmण मोक्ष भगवतीको मुर्ति लगि पुजारी सहित सुरक्षाकर्मि त्यस तर्फ प्रस्थान गरेका थिय । मगंल बार एक्कासी लेक लागेर प्रहरी असई धामि बिरामि भएका थिय उहाँ लाई उद्धार का लागि हरेक प्रयास गरेका भएपनी बचाउन नसकिएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले बताउनुभयो  उहाँका  अनुसार उद्धारका लागी हुम्लामा बाट कैलाश एयरलाईन्सको हेलिकप्टर दुई दिन झिकाईएपनी प्रतिकुल मौसमका कारण उद्धार गर्न नसकिएको उहाँको भनाई छ । उद्धारका लागी धेरै प्रयास गरेका भएपनी  नसकिएको र प्रहरीले स्टेचरको साहेतामा  बोकेर तल ल्याउदै गर्दा गाईरिटाउन भन्ने ठाउँमा  आज बिहान ९ बजे मृत्यु भएको  प्रहरीको भनाई छ । मृत्क धामीको दरवन्दी पश्चिम रुकुम भएको भएपनी हाल कार्यरत मुगुमा रहेको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस