आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

१४ लाख बराबरको मदिरा नगरपालिको नियन्त्रणमा

  • रारा रैबार
  • २०७५ आश्विन ९, मंगलबार मा प्रकाशित
  • ४७९ पटक पढिएको
  • आर एन सेजुवाल  
    मुग ९ असोज मुगुको छायाँनाथ रारा नगरपालिकाले मुगु आउदै गरेको मालवाहक गाडीबाट १२ लाख बराबरको मदिरा नियन्त्रणमा लिएको छ । नगरपालिकाले मुगुको रारा विमानस्थल चेकपोष्ट प्रहरीको सहयोगमा ४ सय ४० कार्टुन मदिरा मुगु आउदै गरेको ना ५ ख ५७०२ नम्बरको मालवाहक गाडीबाट ४ सय ४० कार्टुन वियर नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको मदिरा १४ लाख मुल्य बराबर रहेको छायाँनाथ रारा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बिस्णुकुमार भामले बताउनुभयो । आउँदो मंसिर १ गते दिन मदिरा मुलुककै पहिलो मदिरा निषेधित नगरपालिकाका घोषण गरीने नगरपालिकाका प्रमुख हरीजङ्ग शाहीले बताउनुभयो । मुगु जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकालाई पूर्णरुपमा मदिरा निषेधित क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ बाहिर जिल्लाबाट आउने मदिरलाई पनी रोक्ने नगरपालीले निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस