आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

सोरुगाउँपालीका सडक सञ्जालमा जोडियो

  • रारा रैबार
  • २०७५ आश्विन १२, शुक्रबार मा प्रकाशित
  • ४२४ पटक पढिएको
  • राम देवि खडुका 
    मुगु १२ असोज 
    मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । जिल्ला सम्मनवय समिति  मुगु अन्तर्गतको गैह्र सरकारी संस्था ग्रामिण पहुँच कार्यक्र ¥याप थ्रि को आर्थिक र प्राविधिक सहयोगमा गमगढी ग्रिलाह सडक निर्माण पुरा भए संगै सोरुगाउँपालीका सडक सञ्जालमा जोडिएको हो । 
    गमगढी  गिलाह सडकखण्डको निमार्ण सम्मपन्न भएसंगै बिहिबार चार प्राङ्कग्रे गाडी सोरुगाउँपालीका वडा नं ८ तारापानी सम्म पुगेका छन । 

    तारापानीमा पहिलो पटक गाडी पुग्दा स्थानीय हर्षित हुनुका साथै पहिलो पटक सोरुगाउँपालीकामा गाडी पुगेको खुसीयालीमा स्थानीयले फुलमाला बाजाँगाजाले स्वागत समेत गरेका थिय । एक दिनको पैदल यात्रापछि सदरमुकाम पुगिने अब एक घण्टाको यात्राबाट पुग्न सकिने 

    सोरु गाउँपालिकाको ८ का स्थानीय जयबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार बिरामि हुदाँ धेरै समस्या हुने गरेको भएपनी अब सदरमुकाम जान आउन सहज हुनुका साथै औषधी उपचारको का लगि पनी सहज हुने उहाँको भनाई छ  ।

     गमगढी ग्रिलाह सडको २२. किलो मिटर सडक निर्माण पुरा भएको र केहि थप मर्मतको काम बाँकी रहेकोले मंसिरको अन्तिमसम्ममा सोरु गाउँपालिकालाई हस्तान्तरण गरिने ग्रामिण पहुच कार्यक्रमका टिम लिडर मोहन रुवालीले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस