आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

मदिरा विरुद्ध रेडियो मुगको अभियान

  • रारा रैबार
  • २०७५ कार्तिक २, शुक्रबार मा प्रकाशित
  • ३७६ पटक पढिएको
  • कार्तिक २ मुगु

    सामुदायिक रेडियो मुगु १०७।४ मेगाहर्ज मुगुले मदिरा निषेधित जिल्ला बनाउन स्थानीय सरकारले चालेको कदम लाई आत्म साथ गदै मदिरा बिरुद्धको अभियान थालेको छ । सरोकारवाला निकायले बिगतका बर्षमा पनि मदिरा न्युनिकरण अभियान चलाएपनि खासै प्रभावकारी नभएकाले स्थानीय सरकार तथा अन्य सरोकारवाला सस्थालाई निरन्तर  घचघच्याउन र ग्रामिण स्तरमा चेतना फैलाउन रेडियोले अभियान थालेको हो । मदिराले ब्यक्ति र समाजमा पारेका असर र भाबि पुस्तालाई पर्ने प्रभाबका बारेमा रेडियोबाट सन्देश मुलक जानकारी प्रसारण गर्ने  रेडियो मुगुका स्टेशन म्यानेजर नन्द बहादुर रोकायाले बताउनुभयो ।  मुगुमा मदिरा सेवनका कारण शान्ति सुरक्षामा खलल् पुगेको र समाजमा अपराधका घटना बढ्न थालेको भन्दै मुगुमा रहेका सबै सरोकारवाला निकायले साझा प्रतिवद्धा गरेका छन ।  सरोकारवाला निकायले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न र गराउन मुगुलाई मदिरा मुक्त जिल्ला घोृषणमा गर्न सहयोग पुगोस भन्ने उदेश्यले अभियान थालीएको म्यानेजर रोकायाको भनाई छ । आज बडा दशैको अबसरमा रेडियो मुगुले दशै बिशेष कार्यक्रम सञ्चालन गरी  जिल्लका सरोकारवाला निकाया लाई  मदिरा निषेधित मुगु जिल्ला बनाउन यहाँ हरुको पहल कदमि के हुने छ  भन्ने सन्दर्भमा सवाल जफाव गरेको  र सरोकारवाला निकायले गरेका प्रतिवद्धता कार्यन्वन गराउन र माह अभियान लाई सफल बनाउन लागी पर्ने  रेडियो मुगुले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस