आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

कुकुरले लखेटेर ल्याएको रेडपाण्डाको उद्धार

  • रारा रैबार
  • २०७५ फागुन १२, आईतबार मा प्रकाशित
  • २८३ पटक पढिएको
  • फागुन १२ मुगु
    छायाँनाथ रारा नगरपालिका वडा नम्बर ४ भामावाडाको च्यानी खोलामा कुकुरले लखेट्दै गरेको अवस्थामा भेटिएको दुर्लभ रेडपाण्डालाई स्थानीयवासीले उद्धार गरेका छन ।
    स्थानीयबासी कुकुरले लख्ेट्दै ल्याएको रेण्डपाडा लाई उद्धार गरी वडा कार्यलयमा बुझाएका थिय । वडा कार्यलय  निकुञ्जका कर्मचारी लाई जानकारी गराई रेडपाण्डा लाई निकुञ्ज कर्मचारीको जिम्मा लगाईएको छायाँनाथ रारा नगरपालीका वडा नं ४ का वडा  अध्यक्ष बिस्नु कुमार भामले जानका दिए । 
    उनका अनुसार  आईतवार दिउसो भेटिएको रेडपाण्डा अत्याधिक जाडोका कारण तल झरेको र स्थानीयवासीले उद्धार गरि वडा कार्यालयमा बुझाएका र वडाले वन डिभिजन कार्यालय र निकुञ्ज कार्यालयलाई खबर गरे पछि आईतवार नै निकुञ्जकका कर्मचारी लाई बुझाईएको बताए ।
     लेक तिर हिमपातकारण वास र खानाको खोजी गर्दै खोलाको किनार हुँदै गाउँतिर आएको हुन सक्ने रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सिनियर बन रक्षक हरिबहादुर रोकायाले जानकारी दिए ।   
    रारा राष्ट्रिय निकुञ्जका विभिन्न क्षेत्रमा १ सय ५० भन्दा बढिको संख्यामा रेडपाण्डा भए पनि चोरी शिकारी, छाडा चरिचरण तथा दिन प्रतिदिन निगालोको झाडी मासिदै जाने र रेडपाण्डाको बास स्थान पनि असुरक्षित बन्दै जाँदा रेडपाण्डाको संरक्षणमा चुनौति बढ्दै गएको रोकायाको भनाई छ । 
    निकुञ्ज र मध्यवर्ती आसपासका स्थानीयवासीलाई चेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने, रेडपाण्डाको वास स्थानको संरक्षण गर्दा रेडपाण्डालाई संरक्षण गर्न सकिनेमा सबै सचेत हुनु पर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस