आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

गाउँ गाउँ योग शिविर

  • रारा रैबार
  • २०७६ जेष्ठ ७, मंगलबार मा प्रकाशित
  • ७१२ पटक पढिएको
  • हरि लाल नेपाली 
    जेठ ०७ मुगु
    छायाँनाथ रारा नगरपालीका भित्र रहेका गाउँ गाउँमा योग शिवर सञ्चालन गरीएको छ । सकरात्मक स्वस्थ समाज निमार्ण  गर्ने उदेश्यका साथ नगरपालीकाका बिभिन्न गाउँ बस्तीमा योगशिविर सञ्चालन गरीएको हो । 
    छायाँनाथ रारा नगरपालीकाको आर्थिक सहयोग तथा पतंजली योग  समितिको आयोजनामा   छायाँनाथ रारा नगरपालीका भित्र रहेका २७ वटा गाउँमा योग शिविर सञ्चालाज गरिएको छ । 
    आईतबार  बाट शुरु भएको योग शिविरमा ९ जना  योग शिवर परिचालीत भएका पतंजली योग  समिति मुगुले जनाएको छ ।
     योगाले दिर्ग रोगी दम, बल्ड प्रेरस, मुटु रोग क्यान्सर जस्ता रोग नियमित योगाले सन्चो हुने भएकाले योगामा आई स्वास्थय लाभ लिन पतंजली योग  समितिमा अध्यक्ष जय बहादुर मल्लले आग्रह गर्नुभयो । 
    उहाँका अनुसार मुगुमा नियमित योगा भईरहेको बताउदै यस बाट गाउँमा स्थानीयले पनी लाभ लिइयोस भन्ने उदेश्यले नगरपालीकाका गाउँ गाउँमा योगा शिविर सञ्चालन गरीएको बताउनु भयो ।  
    एक गाउँमा तिन दिन सम्म योगा सञ्चालन गरीने र आगमी असार २० गते सम्म यो कार्यक्रम लाई निरन्ता दिईने पतंजली योग  समिति मुगुले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस