घाईते हुलाकी लाई रेडपाण्डाको १० हजार सहयोग
रारा रैबार२०७६ श्रावण १४, मंगलबार मा प्रकाशित४०९ पटक पढिएको 
रामदेवि खड्का
साउन १४ मुगु
रेडपाण्डा कृषि सहकारी सस्था लिमिटेड मुगले ढुङ्गा लागी घाईते भएका छायाँनाथ रारा नगरपालीका १० मुर्मा गाउँमा हरि बहादुर रोकाया लाई १० हजार रुपैया नगद सहयोग गरेको छ ।
जिल्ला हुलाक कार्यालयमा कार्यरत हुलाकी छायाँनाथ रारा नगरपालिका ९ मुर्मा गाउँका हरिबहादुर रोकाया लाई १० हजार उपचार खर्चको लागी सहयोग गरिएको हो ।
सोमबार बिहान ८ बजे छायाँनाथ रारा नगरपालिकाबाट खत्याड गाउँपालिकामा हुलाक र्पुयाई फकिर्ने क्रममा छायाँनाथ रारा नगरपालिका ९ जेउडेमाथि पातीहाल्न भन्ने स्थानमा माथिबाट आएको ढुंगाले लागेर रोकाया घाईते भएका थिय ।
५० वर्षका रोकायाको ढुङ्गाले थिचि टाउको, छात्ती ढाड्मा गहिरो चोट लागेको छ । उनको अहिले कोहलपुरमा उपचार भईरहेको छ ।
घाईते रोकायाको उपचारका लागी १० हजार सहयोग गरिएको रेडपाण्डा कृषि सहकारी सस्था लिमिटे मुगुका अध्यक्ष तिलक बहादुर मल्लले बताए । रेडपाण्डा कृषि सहकारीका सस्थापक सेयर सदस्य समेत रहेका रोकाया लाई शिघ्र स्वास्थ लाभको कामाना गरी १० हजार सहगोग गरीएको अध्यक्ष मल्लको भनाई छ ।
आज एक कार्यक्रमका बिच कर्णाली प्रदेश सभा सदस्य झोवा बिकको हात बाट रोकायाका काका हस्तान्तण गरीएको छ । रकम हस्तान्तण कार्यक्रमा छायाँनाथ रारा नगरपालीका वडा नं ८ का अध्यक्ष कर्ण बहादुर रावल र ९ का वडा अध्यक्ष मणि चन्द्र रोकायको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस