आज: २०७८ माघ ४, मंगलबार
होमपेज /  Breaking News

विद्यालय तह देखी विश्व विद्यालय सम्म दिव्य ज्ञान र भौतिक ज्ञान सहितको शिक्षा आबश्यक

  • रारा रैबार
  • २०७६ भाद्र १, आईतबार मा प्रकाशित
  • ५५६ पटक पढिएको
  • विश्वमा सबैभन्दा बढी अध्ययन हुने किताव श्रीमद्भागवतगिता हो । संसारकै पुरानो पुस्तक पाणीनी हो । संसारको उत्कृष्ट किताव महाभारत हो । यसैको सेरोफेरोमा रहेर विश्वमा आ–आफ्नै भाषामा माहाकाव्य, खण्डकाव्य, उपन्यास, गजल, मुक्तकहरु श्रृजना भएकाछन । श्रीमद् ए.सि. भक्तिवेदान्त स्वामी प्रभुपातबाट गिताको रचना भयो । जसले दुनियाको सत्य असत्यको बास्ताविकताको बारे बुभ्mने अबसर पाए । यसरी श्रीमद्भागवतगिताको रचना हुँदैन थियो भने मानव समुदाय अहिलेपनि मलाई लाग्छ पशुतुल्य हुने थियो । 
    मानव सभ्याता र संस्कृतिको यो चुरो सम्म मानव समुदाय आईपुग्ने थिएन । असल, खराब, सुनदर, असुन्दर, सत्य, असत्य, जित, हार यि सत्यको बारेमा मानिसहरु जानकार हुने थिएनन् । यति धेरै ज्ञानगुनका कुरा बुभ्mदा बुभ्mदैपनि मानिसले खराब बाटो अवलम्वन गर्न बाद्य हुन्छन । यदि ज्ञान विवेक र बुद्धिको सहि सदुपयोगका लागि अर्को सामाजिक व्यवस्था र कानून व्यवस्था हुँदैन थियो भने मानव जाति डाईनोसर लोप भए जस्तै पृथ्वीबाट लोप भएर जाने थियो ।
    डाईनोसर नबनाउनका लागि स्वयंम भगवान श्रीकृष्णले ए.सि. भक्तिबेदान्तको रुप धारण गरि श्रीमद्भागवतगिता, महाभारत, पार्णेनी जस्ता विश्व विख्यात पुस्तकको रचना गर्नु भयो । यसैको आधारमा दिब्य ज्ञान र भौतिक ज्ञानरुपी पाठ्यक्रमहरु निर्माण भए । जस अनुसार विद्यालय तह देखी विश्व विद्यालयसम्म भौतिक पाठ्यक्रमको निर्माण भयो । जस अनुसार पठन पाठन भै राखेको छ । विश्वमा अन्य पुस्तक जस्तैः कुरान, बाईबल, नेपालको मुनामदन आदी पुस्तक दिब्य ज्ञानमा आधारित छन । 
    विश्व अन्तत् सत्य र असत्य मार्गको पहिचान गरि अन्त्यमा सत्य मार्ग नै अवलम्वन गर्न पुग्दछ । असत्यको मार्ग छोटो हुन्छ, सत्यको मार्ग लामो र संघर्षपूर्ण हुन्छ यद्यपी असल र सदगुणी मानिसहरुले सत्यकै मार्ग रोज्ने गर्दछन । चिर स्थायी र भरपर्दो परिणाम प्राप्त गर्दछन । यसो भएकाले मानव जातिले प्राचिन कालिन, मध्यकालिन र आधुनिक शिक्षानितिहरु विश्वमा समायानुकुल लागु गर्दै आईरहेकाछन । भनिन्छ “इद तु ते गह्यातम् प्रवक्ष्याभ्यन सुयवे ज्ञान विज्ञान सहित यजज्ञात्वा मोक्ष्यसे शुभात” श्रीकृष्णले अर्जुनलाई भन्नु भएको छ, प्रिय अर्जुन तिमिले कहिल्यैपनि मेरो ईस्या गरेनौ त्यसैले म तिमिलाई परम गोपनिय ज्ञान र अनुभव भन्दछु । यसलाई जान्नाले तिमी संसारका कष्टहरुबाट मुक्त हुनेछौं । भक्तहरु भगवानका बारेमा जति धेरै सुन्दछन त्यती नै बढि प्रबुद्ध हुँदै जान्छन ।
    भगवानको बारेमा सुनने विधिलाई श्रीमद्भागवतमा यसरी वर्णन गरिएको छ, भगवानका सनदेशहरु पूर्ण शक्तिशाली हुन्छन । श्रीमद्भागवतगिताको नवौं अध्यायलाई सबै विद्या वा शिक्षाको राजा भनिएको छ । किन भने यो विद्या पहिले पहिले व्याख्या गरिएका समस्त दर्शन र सिद्धान्तको सार हो । भारत वर्षका प्रमुख दार्सनिकहरुमा कर्णाद कपिल, एज्ञ बालक्य, साण्डिल्य, वैश्वर्ण र ब्यास उल्लेखनिय छन । यि मध्ये सबैभन्दा पछिल्ला दार्सनिक बेदान्त शुत्रका रचयिता ब्यासबेद । त्यसैले भारत भूमिमा दर्शन वा दिब्यज्ञानको अभाव कहिलयै भएन । यसै सन्दर्भमा भगवानले नवौं अध्ययलाई समस्त ज्ञानको राजा भन्नु भएको हो । यो ज्ञानलाई अत्यन्त गोपनीय र गुह्य ज्ञान भनिएको छ । किन भने यस्ता गोपनिय र गुह्य दिब्य ज्ञानले आत्मा र शरिर बिचको अन्तरलाई बुभ्mने र बुझाउने काम गर्दछन । भक्तियोग सम्पूर्ण गोपनिय ज्ञानहरुको पनि राजा अर्थात प्रमुख ज्ञान हो ।
    यो राजविद्या र यसको पनि पराकाष्ठ हो । साधारणतया मानिसहरुलाई यस्तो गापनिय ज्ञानको शिक्षा दिईदैन । उनिहरुलाई बाहिरी ज्ञानको मात्र शिक्षा दिईन्छ । बाहिरी ज्ञान भन्नाले राजनिती, समाजशास्त्र, भौतिकशास्त्र, ज्वोतीसशास्त्र, गणित, ईन्जेनियरिङ्ग, जिव विज्ञान ईत्यादीलाई बुझाउँछ । आजको शिक्षा निति यिनै विषयकोे सेरोफेरोमा रुमलिएको छ । संसारभरी यस्तै बाहिरी ज्ञान, विज्ञानका ठूल ठूला विद्यालय र विश्वविद्यालयहरु स्थापना भएकाछन् तर दुर्भाग्य संसारमा आत्मा ज्ञानको शिक्षा दिने वा दिब्य ज्ञानको शिक्षा दिने विश्वमा कुनैपनि शैक्षणी संस्था वा विश्वविद्यालय अहिलेसम्म खुल्न सकेको छैन ।
    आत्मा शरिरको सबैभन्दा महत्वपूर्ण भाग हो । आत्मा विना शरिरको कुनै महत्व हुँदैन । तै पनि मानिस आत्माको चिन्ता गर्दैन । शारिरीक आवश्यकतालाई बढी महत्व दिने गर्दछ । फलश्वरुप मानिस अनैतिक र भ्रष्ट बन्दै जाँदछ । यसरी सनातल कालदेखी शिक्षाको विकास बाहिरी ज्ञानलाई बढी महत्व दिएको छ र दिब्य ज्ञानलाई गौण महत्व दिएको छ । मलाई लाग्छ अब देशभर गोप्य ज्ञान वा दिब्य ज्ञान र बाह्य ज्ञान वा भौतिक ज्ञान दुबैलाई समुचित रुपले विकाश गर्दै लैजानु पर्ने देखिन्छ । मानिसले जहिलेपनि बाहिरी आवरणबाटनै सबैकुराको लेखाजोखा गर्नाले धरैजसो मुल्याङकरहरु फेल भएकाछन । उदाहरणस्वरुपः शुकरातलाई उनको बाहिरी शरिर कुरुप भएकै भरमा देशद्रोहीको आरोप लाग्नु, भगवान गौतमबुद्धलाई उनको दिब्यज्ञानको ख्याल नगरी महामुर्खको संज्ञा दिनु आदी । अबको युगलाई केवल शाहिरी ज्ञानको युगमात्र बनाउँन खोज्यौंभने सुन्दर तर मृत मानिसको जस्तै शिक्षा हुनेछ । जसले कुनै अर्थ राख्दैन । अब जिव प्लस आत्मा जिवात्मा सहितको शिक्षा, निती, नेपाल सरकारले अवलम्वन गर्न जरुरी छ । यसो भएको खण्डमा मात्र दिब्य चेतना सहितको मानव समुदायको परिकल्पना गर्न सकिन्छ ।
    अब विद्यालय तह देखी विश्वविद्यालय तहसम्म दिब्य ज्ञान सहितको योग विश्वविद्यालयहरु ीसंगो देशभर लागु गर्नुपर्नेछ । एक प्रदेश एक योग विश्वविद्यालय स्थापनाका लागि नेपाल सरकारले यथासक्य चाँडो वैज्ञानिक र वस्तुनिष्ठ बजेटको व्यवस्था गरि कक्षा आररम्भ गर्नुपर्ने देखिन्छ । अनिमात्र स्वस्थ नेपाल, समृद्ध नेपालको परिकल्पना गर्न सकिन्छ । दिब्य ज्ञान र भौतिक ज्ञानको समयोजन भए विश्वभरका दिब्य चेत भएका मानिसहरुले नेपाललाई शैक्षिक गन्तव्य बनाउने कुरामा शंका गर्ने कुनै ठाउँ रहँदैन । आजका युवायुवती र हिजोका बुढापाकाहरुले कुनैपनि दर्शन वा सिद्धान्तको परिभाषा दिँदा अपुष्ट दिब्यज्ञान विनाको परिभाषा दिने गर्दथे, दिब्य ज्ञानलाई विर्सेर भौतिक ज्ञान वा बाहिरी ज्ञानको बढी भन्दा बढी प्रयोग हुन थाल्यो, जसका कारण मानव समुदायको सन्तुलन र पृथ्वीको पर्यावरणीय सन्तुलन बिग्रन गएको छ ।
    त्यसो भएकाले नेपाल सरकारले चाँडो भन्दा चाँडो दिब्य ज्ञान र भौतिक ज्ञानको संयोजन भएको पाठ्यक्रम तयार गरि विद्यालय तह देखी विश्वविद्यालय तहसम्म लागु गर्न जरुरी छ । कर्णली प्रदेशको सन्दर्भमा भौतिक ज्ञान अर्थात प्राविधिक शिक्षालाई बढीभन्दा बढी जोड दिनुपर्ने देखिन्छ । विगतमा चेतना प्रवाह गर्ने र कसैको जिवनी पढ्ने शिक्षा हिजो सम्म सान्दाभिक थियो आज त्यो असान्दभिक सावित भईसकेको छ । यद्यपी यस्तो किसिमको शिक्षालाई अनिवार्य नगराई ऐक्षिक बनाउन आवश्यक देखिन्छ । नेपाल प्राकृतिक स्रोतसाधनका दृष्टिकोणले विश्वमानै अग्रस्थानमा छ । तर प्राकृतिक स्रोत साधनको वैज्ञानिक र समुचित दोहन गर्न सक्ने शिक्षा नितीको खाँचो छ । यस्तो किसिमको शिक्षा नितिलाई अवलम्वन गर्न सक्यौं भने मात्र हामी विश्व रंगमञ्चमा नेपालको शिक्षा नितीको औचित्यता प्रष्ट हुन जान्छ ।
    नेपाल विश्वकै शिक्षाको दृष्टिकोणले अब्बल र पृथक राष्ट्र बन्नेछ । नेपालले दिब्य ज्ञान र भौतिक ज्ञान सिहतको पाठ्यक्रम लागु गरि शिक्षाको स्वरुपपनि जिवात्मा जस्तो बनाउनुपर्ने देखिनछ । अहिलेसम्म विश्वमा कहिँपनि भित्री ज्ञान अर्थात दिब्य ज्ञानरुपी विश्वविद्यालय विश्वमै स्थापना नभएकाले नेपालबाटै दिब्य विश्वविद्यालय स्थापना गरि नेपाललाई दिब्य ज्ञानकेन्द्रको गन्तब्य स्थान बनाएर विश्वको ध्यान नेपालमा आकृष्ट गराएर नेपाललाई दिब्यज्ञान र भौतिक ज्ञानको कुञ्ज बनाउन आवश्यक छ
    –डम्बर बहादुर रावल
    पूर्व क्याम्पस प्रमुख
    रारा बहुमुखी क्याम्पस, मुगु 

    प्रतिक्रिया दिनुहोस