आज: २०८० चैत्र १६, शुक्रबार
ePaper
होमपेज /  Breaking News

बालविवाह न्युनिरकण अभियानमा पुरोहितको पनी साथ

  • रारा रैबार
  • २०७६ कार्तिक २०, बुधबार मा प्रकाशित
  • ४३० पटक पढिएको
  • नन्द बहादुर  रोकाया
    कार्तिक २० मुगु

     कर्णाली प्रदेशमा बालविवाह,बहुविवाह लगायत समाजिक कु सस्कार चुनौतिको बिषय भएकाले प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले पछल्लिो समय बिभिन्न सचेतनाका कार्यक्रम गदै आएको छ । बुधबारमात्रै जिल्ला प्रहरी कार्यलय मुगले मुगु जिल्लाका धार्मि झाग्री , पुरोहित पण्डित बाहुन लाई वालविाह न्युनिकरण का बारेमा पशिक्षण गराउनुका साथै नयाँ सहिंता कानुनका बारेमा जानकारी गराई कार्यक्रमको गरीएको थियोे

    कार्यक्रममा सहभागी मुगुका धार्मि झाग्री , पुरोहित बाहुनहरुले प्रहरी साझेदारी कार्यक्रम अन्तरगत  आफुहरुको पनी कु सस्कार का बिरुद्ध सधै साथ रहने र अभियान लाई सार्थकता बनाउ प्तिवद्ध रहेको उनिहरुले प्रतिवद्धता समेत गरेका छन ।

    मुगु जिल्लामा पनी बालविवाह,बहुविवाह  गर्नु हुुदैन यसो गरेमा भबिष्यमा ठुलो दुर्घटना निम्तीन सक्छ भन्ने मनासायले कर्णाली प्रदेशका गाउँ गाउँमा सरकारी र गैर सरकारी निकाय पुगे । पछील्लो समय प्रहरी पनी पुगेको छ । मुगमा प्रहरी साझेदारी कार्यक्रम अन्तगत प्रहरी संगं सहकार्य गरी पुरोहित,बाहुन धामी झाग्रीले पनी अभियान लाई सार्थकता तुल्याउने पण्डित हरुको भनाई छ । 

    यस अघि पनी पण्डित पुरोहित ,धामी हरुले  समय समयमा गाउँमा सन्देश मुलक कार्यक्रम गर्ने गरेका छन । बिगतका बर्षहरुमा जानी नजानी बालविाह गर्न प्रेरीत गर्ने गराउने पुरोहित बाहुन ,धामीहरु पछील्ला समय  निश्चत उमेर पुगे पछी मात्र विवाह गराउने गरेका पण्डित लक्ष्मी प्रसाद प्याकुरेलले बताए । 

    बालविवाह ,बहुविाह न्युनिकरणको पहिलो श्रेय आमा, बुवा, त्यसपछी पुरोहित बाहुन र धार्मी झाग्रीपनी हुने भएकोले बालविाह,बहुविवाह न्युुनिकरण अभियामा मुगुका धार्मि झाग्री, पुरोहित बाहुनले प्रहरी साझेदारी कार्यक्रम अन्तरगत अभियानमा साथ दिई काम गदै जाने  छायाँनाथ मन्दिरका पुजारी एवंम पुरोहित बाहुन भिमप्रसाद चौलागाईले बताए ।

    उनका अनुसार बालविवाह ,बहुविाह गरेमा नकरात्मक असर गर्ने बिभिन्न अध्यनले देखाएको छ । त्यसैले बालविवाह ,बहुविाह बाट टाढा रहि समाजरुपान्तरण सबै लाग्नु पनै चौलागाईलेको भनाई छ  ।

    वालविवाह बहुवाह जस्ता कु प्रथाले समाजमा नकरात्मक असर गर्ने बिभिन्न अध्यनले देखाएको छ । पुरोहित बाहुन धामी हरु नैे  बालविाह, बहुबविाह जस्ता कु प्रथा न्युनिकरणको अभियानमा लागे पछी  मुगुमा यस्तो कु प्रथा घट्दै जाने बिश्वासमा रहेको नागरिक समाजका अध्यक्ष रुपबहादुर मल्लले बताए ।

    यता जिल्ला जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायब उपरिक्षक भुवनेश्वर साहका अनुसार कर्णाली प्रदेशमा सामाजिक संस्कार कर्णाली प्रदेशमा चुनौतीको बिषय भएकाले कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बालविवाह ,बहुविाह न्युनिकरणका सवालमा  बिभिन्न कार्यक्रम भईरहेका बताए ।

    मुगु जिल्लामा पनीे बालविवाह ,बहुविवाह बाट टाढा रहि समाजरुपान्तरण लाग्न प्रेरेरित गर्न मुगु जिल्लाका धार्मि झाग्री, पुरोहित पण्डित बाहुन हरुलाई कानुनमा उल्लेख गरीएका कानुनका कुरा, दण्ड जरिवनाका बारेमा जानकारी गराईएको बताए ।

    उनका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यलयको निर्देशनमा अरु जिल्लामा पनी सामाजिक कु संस्कार बालविाह बहविाहका बारेमा प्रहरी साझेदारी कार्यक्रम अन्तगत कार्यक्रम भईरहेका छन । मुगुमा पनी प्रदेश प्रहरीको निर्देशनमा बालविाह ,बहुविाह जस्थता कु प्रथाका बारेमा अभियान चलाई कार्यक्रम गदै आएको प्रहरी प्रमुख शाहाको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस