आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

भारतीय प्रधानमन्त्री मोदिको पुल्ता दहन

  • रारा रैबार
  • २०७६ कार्तिक २२, शुक्रबार मा प्रकाशित
  • १०७२ पटक पढिएको
  • रारा रैवार सम्वाददाता 
    कार्तिक २२ मुगु
    भारत सरकारले एक पक्षिय रुपमा ल्याएको राजनैतिक नक्शामा नेपालको कालापानी र लिपुलेख ओघटेको विरोधमा मुगु सदरमुकाम गमगढीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुल्ता दहन गरीएको छ । मुगु जिल्ला स्थित रारा क्याम्पस स्वतन्त्र विद्याथी युनियनका सभापती चन्द्र प्रकाश मल्ललेको अगुवाईमा  विहिबार देखि जारी आन्दोलनमा को आज शुक्रबार दास्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुल्ता दहन गरीएको हो । आन्दोलनमा भारती बिरुद्ध चर्का चर्का नारा लगाउदै सदरमुकाम गमगढी बजार परिक्रमा गदै विरोध प्रर्दशनसमेत गरिएको छ  । पुर्खाको रगत पसिनाले आर्जन गरेको नेपालको भुभाग एक ईन्च पनि गुमाउन हामी चाहदैनौ राज्यले आदेश मात्र देओस हामी मर्न पनि तयार छौ । कालापानी,लिपुलेख मात्र होईन नेपालको साविकको नक्शा नै बिग्रने गरि भारत र चिनले मिचेका नेपालका अन्य भुभागको समेत कुटनैतिक तबरबाट पहल गरि फिर्ता ल्याउन पनि आन्दोरत विद्यार्थीहरुले सरकार समक्ष माग गरेका छन ।विरोध ¥यालीमा सहभागीहरु नेपाली भुभाग फिर्ता गर,सिमा मिच्न पादैन यस्तो छिमेकी चाहिदैन,गोर्खालीका सन्तान हौ,पछि हामी हटदैनौ,अघि बढ सरकार हामी तिम्रो साथमा छौ जस्ता नारा लगाउदै र पेलेकाड बोकेर सदरमुकाम गमगढीको कृष्ण चोक,मिलन चोक अदालत चोक हुदै पुन कृष्ण चोक पुगेर बजार परिक्रमा गरेको अनेरास्वबियुका नेता जितेन्द्र बमले बताए प्रर्दशनमा,अनेराश्ववियका विद्यार्थी, कार्यकर्ता स्वतन्त्र युवाहरु, र राष्टिय लोक तथा दोहोरी प्रतिष्ठानका कलाकारको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस