आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

बिद्यार्थीको क्षमता बिकासका लागी अतिरिक्त कृयाकलाप

  • रारा रैबार
  • २०७६ पौष १२, शनिबार मा प्रकाशित
  • ५२४ पटक पढिएको
  • नन्दबहादुर रोकाया
    पुस ०८ मुगु
    हिमाली जिल्ला मुगुका बालबालीका तथा बिद्यार्थीको शैक्षिक संगै खेलकुद क्षेत्रको बिकास गर्न बिभिन्न गैर सरकारी सस्थाले काम गदै आएका छन । त्यस मध्ये बिगत लामो समय देखि शैक्षिक क्षेत्रमा लगानी गदैका आएका दुई सस्था किर्डाक नेपाल मुगु र गुडनेर्वश ईन्टरनेशन्ल को सहकार्यमा बिद्यार्थीको क्षमता बिकासका लागी खेलकुद लगायत अतिरिक्त त्रृmयाकलाप सञ्चालन गरी सकिएको छ ।


    गहेको मंसिर २९ गते सोरु बाट सञ्चालन गरीएको अतिरित्त कृयाकलाप पुस ५गते छायाँनाथ रारा नगरपालीकामा सञ्चालन गरी सकिएको हो । गुडनेर्वश ईन्टरनेशन्ल को आर्थिक सहयोग , 


    किर्डाक नेपाल मुगुको आयोजना तथा सम्बन्धित पालीकाको समन्वयमा मुगु जिल्लाका चार वटै स्थानीय तहको समन्वयमा अन्तर बिद्याालय स्तरीय अतिरिक्त कृयाकला सकिएको छ ।
     मुगु जिल्लाका चार वटा स्थानीय तह छायाँनाथ रारा नगरपालीका ,खत्याड गाउँपालीका ,सोरु गाउँपालीका र मुगुमकामरोगं गाउँपालीकाममा  पालीका स्तरीय अन्तर बिद्यालय अतिपरिक्त कृयाकलाप सकिएको जनाईएको छ ।  
    अन्तर बिद्यालय स्तरिय अतिरिक्त कृयाकलापमा सोरु गाउँपालीकामा निमावि र मावि गरी ८ बिद्यालय कामारोगंमा ४ निमावी खत्याडमा १४ निमावि मावि र छायाँनाथ रारा नगरपालीका भित्रका १५ मावि निमावि गरि ४१ बिद्यालयका ६ सय भन्दा बढी बिद्यार्थीले अतिरित्त कियाकलापमा सहभागीता जनाएका किर्डाक नेपाल मुगुका कार्यक्रम संयोज टेक बहादुर शाहीले जानकारी दिए । 

    उनका अनुसार बिद्यार्थीको शैक्षिक संगै अन्य क्षेत्रको बिकासका लागी पालीका स्तरीय अतिरित्त  कृयाकलाप संञ्चालन गरेका शाहीको भनाई छ ।  
    अत्तिरित्त कृयाकलापमा  चित्रकला , छात्रा,छात्र पन्ध सय,चार सय  एक सय मिटर दौड,वक्तृत्वकला,निबन्ध,कविता लेखन र वाचन ,कम्प्युटर सिप, अग्रेजी स्पिलिङ र हाजिरिजफाव गरी बिभिन्न ८ बिधा मा प्रतिस्पर्धा गराईएको थियो ।
    चार वटै स्थानीय तहमा कार्यत्रलम सञ्चालन गर्दा १३ लाख बराबरको रकम खर्च भएको किर्डाक नेपाल मुगुले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस