आज: २०७९ माघ १५, आईतबार
ePaper
होमपेज /  Breaking News

लकडाउनमा छायाँनाथको सदस्यमुखी सेवा

  • रारा रैबार
  • २०७७ बैशाख १४, आईतबार मा प्रकाशित
  • ३६२ पटक पढिएको
  • रारा रैवार
    मुगु बैशाख
    लकडाउन(बन्दाबन्धी)ले जिल्लामा रहेका वित्तिय कारोवार गर्ने सस्थाहरु बन्द रहेपनि यहाँको एक सहकारीले भने सदस्यमुखि सेवा दिईरहेको छ ।
    जिल्ला कै ठुलो सहकारी छायाँनाथ बचत तथा ऋण सहकारी सस्थाले जिल्ला प्रशासन कार्यालयबाट अनुमतीलाई आफना सदस्यहरुलाई वित्तिय सेवा दिईरहेको हो ।
    लकडाउनले गर्दा सहकारीले गर्दा गाँउ गाँउमा रहेका लघुवित्त समुहहरुको र सहकारी तर्फका बचत,लगानी र असुली रोकीएपछि सदस्यहरुलाई लडडाउनको बेला कसरी सेवा दिने भनेर संचालकहरुको अनलाईन बैठकमा छलफल गरि सुरक्ष्ाित रुपमा सहकारीको कार्यालयबाट सिमित वित्तिय सेवादिने निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालयबाट विहान ११ बजे देखि दिउसो १ बजेसम्म कार्यालय खोल्ने गरि अनुमती दिई सदस्यहरुलाई वित्तिय सेवा दिईरहेको सहकारीका कोषाध्यक्ष हरि बहादुर शाहीले बताउनु भयो ।
    जिल्ला कै ठुलाो सहकारी भएकाले सदस्यहरुको बचत धेरै छ यो समयमा कुनै समस्या परे नगद झिक्न,ऋण लिन,किस्ता बुझाउन र बचत गर्न समस्या नहोस भनेर सहकारीको काउन्टर खुल्ला गरिएको हो ।
    सहकारीले सदस्यहरुलाई सिमित नगद भुक्तानी तथा ऋण दिने गरेको छ । जिल्लामा रहेका चार वटा स्थानिय सरकारहरुले कोरोना भाईरस रोनथाम,नियन्त्रण,उपचार तथा राहतका लागी स्थापना गरेका विपत कोषमा यहि सहकारीले प्रति पालिका ५० हजारका दरले २ लाख नगद सहयोग गरेको थियो ।
    जिल्लामा २ सय बढी विभिन्न विषयगत सहकारीहरु भएपनि सबै सहकारीले यो लकडाउन आफना सेवा बन्ध गरेका छन । राष्टिय बाणिज्य बैक मुगु शाखा र छायाँनाथ सहकारीले निरन्तर सरकारले तोकेको समयमा सेवा दिईरहेका छन ।
    लकडाउनमा पनि सहकारीबाट सबै वित्तिय सेवा पाएपछि सदस्यहरु खुशी भएका छन सोमबार आफनो बचत झिक्न आएका सहकारीका सदस्य गेहेन्द्र शम्सेर मल्लले भने सबै सहकारी बन्ध छन हामो्र सहकारी पनि बन्ध होला सोचेको थिए घरखर्चको लागी रकम थिएन के गर्ने होला सोचेको बेला आफनो मोवाईलमा काउन्टर खुल्ला रहेको सहकारीको सुचना पाए अहिले पैसा झिक्न आए ।
    २०७१ सालमा स्थापना भएको छायाँनाथ सहकारीका जिल्ला भरी ८ हजार बढी सदस्य रहेका छन भने सदस्यहरुको बचत मात्र ११ करोड लगानी २० करोड,कुल कारोवार २२ करोड भन्दा माथी रहेको छ ।
    सहकारीले कोहि सदस्यहरुलाई लकडाउनले गर्दा दैनिक उपभोग्य वस्तुको अभाव भै भोकै रहनु परे सहकारीको टेलिफोन नं ०८७४६०१२४ मा फोन गर्न आग्रह गरेको छ । सदस्यहरुले फोन गरेमा सदस्यको घर सम्मै कर्मचारीहरुले राहत सामगी्र लिएर पुग्नेसम्मको व्यवस्था मिलाएको छ भने यो बेला लगानी ठप्प भएका बेला सिमित लगानी पनी सहकारीले खुल्ला गरेको सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले बताउनु भयो ।
    सहकारीले प्रत्यर्क बर्ष सदस्यहरुको सरसफाईका लागी साबुन,ब्रस,टुटपेपट,रुमाल नेलकटर वितरण गदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस