आज: २०७९ माघ १५, आईतबार
ePaper
होमपेज /  Breaking News

छायाँनाथ नगरपालीकाद्धारा तिन सय नागरिकको उद्धार

  • रारा रैबार
  • २०७७ बैशाख १५, सोमबार मा प्रकाशित
  • ५८६ पटक पढिएको
  • रारा रैबार
    बैशाख १५ मुगु
    मुगु मुगु जिल्लाको एक मात्र नगरपालीका छायाँनाथ रारा नगरपालीले लकडाउनका कारण सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका नागरिक लाई उद्धार गरेको छ ।लगडाउनका कारण अलप्रत्र परेका तिन सय जना नगरपालिकाका स्थानीयवासीलाई स्थानीय सरकार छायाँनाथ रारा नगरपालीकाले उद्धार गरेको हो ।

    औषधि उपचार, पढ्न गएका विद्यार्थीहरु, व्यापार लगायत अन्य कामको सिलसिलामा नेपालगञ्ज र सुर्खेतमा रहेका नगरबासीले अलप्रत्र परेका र उद्धार गर्न अनुरोध गरेपछी स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाका ३ सय भन्दा बढी स्थानीयवासीहरुलाई ५ वटा गाडीमा निशुल्क मुगु सम्म उद्दार गरिएको हो ।
    उद्दार गरिएका नगरवासीलाई छायाँनाथ नगरवासीहरुलाई कोरोना भाइरस सम्बन्धी नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य हेल्प डेक्सबाट स्वास्थ्य परीक्षण गरिएको छ ।यस्तै काठमाडौमा रहेका नगरवासीहरु अहिलेसम्म ६ सय भन्दा बढी जना सम्र्पकमा आएको र उनीहरुलाई पनि सोमबार बाट उद्दार गर्ने तयारी भइरहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले बताए ।
    स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाले नेपालगञ्ज र सुर्खेतबाट मुगुसम्म पुग्न बस भाडा व्यहोरेको छ । संकटको बेला स्थानीय सरकारले गरेको सहयोगबाट स्थानीयवासी खुसी देखिएका छन् ।
    मुगु जिल्लाका अन्य ३ गाउँपालिका मध्ये खत्याड गाँउपालिकाले काठमाडौं,नेपालगन्ज,सुर्खेत र अन्य जिल्लामा रहेका स्थानीयवासीहरुको लगत संकलन गरी जो जहाँ बसेका छन सोही ठाउँमा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।यस्तै सोरु र मुगमकामारोङ्ग गाउँपालिकाले अलपत्र परेका नागरिकहरुको लगत डाटा संकलन गरी बास भाडा तिरिदिएर आआफ्ना स्थानीयवासीलाई घर फर्काउने तयारी गरेका छन ।

    प्रतिक्रिया दिनुहोस