आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

७० हजार भन्दा बढीको राहात सहयोग

  • रारा रैबार
  • २०७७ बैशाख २१, आईतबार मा प्रकाशित
  • ५३२ पटक पढिएको
  • रारा रैवार
    बैशाख २0 गते
    कोभिड १९ बिश्वमा फौलिरहेको बेला नेपालमा पनि फैलिरहेको समयमा मुगु जिल्लामा कोरोना भाईरस स्रंकमण बाट बच्नको लागी स्थानिय सरकार संग समन्वय गरि मुगु जिल्लाको हिरिसडेक भन्ने संस्थाले ७० हजार भन्दा बढी रकम बराबरको बिभिन्न आर्थिक सहयोग गरेको छ ।संस्थाका कार्यकारी निर्देशक मिन रावलका अनुसार कोभिड १९ अर्थात कोरोना भाईरस बाट बच्न र बचाँउनको लागी अन्य जनचेतना मुलक कार्य गरीदै आएको र छायानाथ रारा नगरपालिकाको क्वारेन्टटाईममा बस्ने मानिसको ब्याक्तिगत सरसफाई र अन्य बातवरणीय सरसफाई हुने हिसाबले सहयोग गरीएको बताएका छन । कोरोना भाईरसका कारण सरकारले गरेको लगडाउनको कारण बाहिरीए जिल्लामा उलपत्र परेका नागरिकहरुलाई जिल्ला भित्र ल्याउनको लागी गरिएको पहिलमा एकै दिन २४ बस बाट जिल्ला भित्र आएका ११ सय नागरिकहरुलाई स्वाच्चा सफा पानि र चाउचाउ सहयोग गरिएको समेत बताएका छन ।महामारिको रुपमा फौलिएको कोरोना भाईरस रोगथाम गर्नु पर्ने सरकारी निकाय र स्थानिय संघ सस्थाहरुले अहिलेको समय बिकास निमाण गर्नु भन्दा सम्पूर्ण मिलेर कोरोना बिरुद्व लड्नु पर्ने छ । सहयोगको लागी धेरै धेरै धन्यबाद हिरिसडेक मुगुलाई यस सस्थामा काम गर्ने कर्मचारीलाई पुर्न पनि सहयोगको अपिक्षा रहेका छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजङ्ग शाहीलले दिएका छन ।
    यही कोरोना महामारी रोक थामकोलागी यूनिसेफ नेपालको आर्थिक सहयोगर र हिरिसडेक मुगुको सहजिकरण (पहलमा)जिल्ला अस्पताल मुगुलाई ५०वटा कम्बल,सेनिटाईज,माक्र्स,गोलव,चर्पि भित्र को सरसफाई सामाग्रीहरु,लगाएत अन्य सरसफाई स्वाच्छताका सामानहरु जिल्ला अस्पताललाई सहयोग गरिएको हिरिसडेक मुगुका अध्क्षय मुकुन्द्र रावलले बताइका छन ।

    प्रतिक्रिया दिनुहोस