आज: २०८० चैत्र १५, बिहिबार
ePaper
होमपेज /  Breaking News

कोरोना विरुद्ध लड्न बखत फाउण्डेसनको सहयोग

  • रारा रैबार
  • २०७७ बैशाख २१, आईतबार मा प्रकाशित
  • ४४३ पटक पढिएको
  • रारा रैवार
    मुगु बैशाख २१ गते,
    मुगु ः विश्वभरी फैलिएको कोरोना भाईरस विरुद्ध लडन यहाँका स्थानिय सरकारहरुलाई एक फाउण्डेनले आर्थिक सहयोग गरेको छ ।
    मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं १ गमगढी बजारमा मुख्य कार्यालय रहेको बखत बहादुर शाही फाउण्डेसनले यहाँका स्थानिय सरकारहरुले कोरोना भाईरस विरुद्ध चाल्ने कदममा सहयोग होस भनेर आर्थिक सहयोग गरेको हो ।जिल्लाका ४ वटै स्थानिय सरकारहरुलाई प्रति स्थानिय सरकार २० हजारका दरले कुल ८० हजार फाउण्डेसनले सहयोग गरेको फाउण्डेसनका सस्थापक सल्लाहकार जय बहादुर मल्लले बताउनु भयो ।सरकारले एकदार प्रणालीबाट राहत तथा सहयोग वितरण गर्ने निती लिएकाले स्थानिय सरकारहरुले स्थापना गरेका विपत व्यवस्थापन कोषमा सहयोग रकम जम्मा हौ, हामो्र सानो सहयोगले स्थानिय सरकारहरुले कोरोना भाईरस नियन्त्रण,रोकथाम,उपचार र प्रभावित परिवारलाई दिईने राहतमा थारै भएपनि बल प्रयोग गर्ने सकोस फाउण्डेसनका अध्यक्ष जयन्द्र शाहीले भन्नु भयो ।आईतबार फाउण्डेसनका सल्लाहकार मल्लबाट सहयोग रकमको चेक बुझदै छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले संघिय,प्रदेश सरकारहरुले कोरोना विरुद्धका कार्यमा सहयोग पुराउन कुनै सहयोग नगरिरहेको बेला जिल्लामा कृयाशिल संघ,सस्था र व्यक्तिहरुले जनताको स्वास्थ्य तथा राहतमा सहयोग पुगोस भनेर गर्नु भएको सहयोगले स्थानिय सरकारलाई कोरोना विरुद्ध लडन उर्जा प्रदान गरेको र कोरोना विरुद्धको लडाई सरकार एल्लोको प्रयासले जित्न नसकिने भएकाले नागरिक,संघ सस्था र सरकारको हातेमालो भैरहनु पर्नेमा जोड दिनु भएको थियो ।मुगु जिल्लामा बहुदल प्राप्तपछिका प्रथम जिल्ला विकास समितीका सभापती एवं नेपाली काँगे्रस मुगुका स्थापक पाटी सभापती बखत बहादुर शाहीलाई २०५८ सालमा तत्कालिन माओवादीले उनी सुतीरहेको बेला कोठा मै गई गोली हानि हत्या गरेका थिए । हत्या गरिएका शाहीको नामबाट उनका छोराहरु जयन्द्र शाही,उपेन्द्र बहादुर शाही र श्रीमती राज्यलक्ष्मी शाहीले फाउण्डेसनको स्थापना गरि जिल्लामा सामाजिक कामहरु गदै आउनु भएको छ । यस्तै लकडाउनका कारण जिल्लाको खत्याड गाँउपालिकामा श्रमिक,बेसाहारा,गरिव तथा फरक क्षमताका व्यक्ति ,परिवारलाई राहत तथा उद्धारमा सहयोग गरिदिनु भन्दै दक्षिण कोरियामा रहेका मुगालीहरु लक्ष्मण दाहाल,नर बहादुर रावत,नबिन डाँगर र अमृत कार्कीले गाँउपालिकाको विपत कोषमा ३८ हजार ६९४ रुपयाँ जम्मा गरि दिएकोे छन ।

    प्रतिक्रिया दिनुहोस