आज: २०७९ माघ १९, बिहिबार
ePaper
होमपेज /  Breaking News

नगरप्रमुख शाहीसँग जनताका गुनासा रोग र भोक बाट बचाउँ

  • रारा रैबार
  • २०७७ जेष्ठ ५, सोमबार मा प्रकाशित
  • ८०२ पटक पढिएको
  • रारा रैवार सम्वाददाता
    जेठ ०५ मुगु
    मुगु : राहत वितरणको क्रममा गाउँगाउँमा पुगेर घरदैलो अभियानमा जुटेका छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीसँग स्थानीयले गुनासाका चांग लगाएका छन् । बिश्वभरी फैलिएको कोराना भाईरसको सन त्रासले आंतकित भएका नगरबासीले नगरप्रमुख शाही संग भोक र रोग बाट स्थानीय सरकाले बचाउनु पर्ने भन्दै गुनासो गरेका हुन ।

    गहेको आईतबार बाट छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाही र उप प्रमुख सुन्तला रोकाया सहितको टोली गाउँगाउँमा पुगेर नगरभित्रका ४ हजार ७ सय २१ घरदुरी लाई ३० केजि चामल एक पाकेट तेल, दुई पाकेट नुन खुर्सानि,जिरा बेसार लगायत मसाला राहत वितरण गर्नुका साथै लगडाउनको असरले जनतामा भएको समस्याबारे जानकारी लिएका छन ।

    नगर भित्रका ८७ बस्तीमा घरदैलो अभियानका क्रममा छायाँनाथ रारा नगरपालीका १३ थार्प गाउँका बाँकीलाल नेपालीले ग्रामिण भेग क्षेत्रका नागरिक कोराना भाईरसको डरले त्रसित भएका छन । यो रोग लागि हाले उपचार पद्धति कसरी हुने हो भन्दैे मेयरसँग गुनासो गरे ।

    त्यस्तै नगरपालिका १० को चराप गाउँकी ६० वर्षीया पञ्चशिला बिकले पनि नगरप्रमुख हरिजंग शाही गाउँमा पुग्दा दुई हात जोडेर भनिन ’मेयर साब हाम्मा गाउमा भोकमरीको समस्या छ । लगडाउनले काम गर्न पाएका छैनौ कसरी आफु पालिन्या कसरी बाल बच्चा पाल्ने अझै यस्ता राहतका कार्यक्रम ल्याई दियाले राम्मो हुन्या छियो ।हाम्रा गाउँका धेरै दलित छन । ३ महिना सम्ममात्रै खान पुग्छ बाँकी ज्याला मजदुरी गरेर छाकटार्ने गरेका भएकापनी लगडाउनको कारणले काम गर्न पाएका छैनौ कसरी छाक र्टान्यना दलित समुदाय लाई धेरै दुःख छन् ।

    केहि सामाना किन्न बजार जाउँ जानपाईदैन डर लाग्दो छ । यो बेला स्थानिय सरकारले घरमै राहात पु¥याई जनता बचाए राम्रो हुने थियो ।
    बिक जस्तै रुगा गाउँका स्थानीय बलबहादुर बुढथापाले स्थानीय सरकाले यो विपतिको बेला राहात वितरण गरेको र विपन्न नागरिक लाई थोरै भएपनी मलम पटी लगाएको भन्दै खुसी ब्यत्त गर्नु भयो ।लामो समयदेखि लगडाउनले प्रभावित स्थानीय लाई यो बेला रोग भन्दा पनि भोगको चिन्ताले सताएको नगरप्रमुख शाही संग गुनासो गरे । यस्ता कार्यक्रम लगडाउन अवधिभर सञ्चालनमा रहे अझै नागरिक लाई राहत हुने थापाको भनाई छ ।

    लगडाउनको नागरिकमा परेको वास्तविकता बुझ्न नगर प्रमुख नै गाउँगाउँमा घरदैलो अभियान लिएर पुगेको छायानाथ रारा नगरपालिकाले जनाएको छ ।गाउँमा यो बेला भएको समस्या के छ स्थानिय सरकारले कसरी काम गर्नु पर्छ र रोग र भोगको लागि स्थानिय सरकार तपाई संग छ नआत्तिन र सचेत रहन राहात वितरण संगै घरदैलो अभियानमा े जुटेको नगर प्रमुख शाहीले बताए ।
    लगडाउनले प्रभावित पहिला ेचरणमा अति विपन्नको आधारामा १ सय २३ जना लाई राहात वितरण गरिसकेका छौ ।दोस्रो चरणमा दलितलाई मात्रै राहात वितरण गर्ने जनाएको भएपनी दलित भन्दा पनी ग्रैह दलित भोगमरीमा हुन सक्नेभन्दै कार्यपालीकाको निर्णय अनुसार नगरपालीका भित्रका ४ हजार ७ सय २१ सबै घरदुरी लाई राहात वितरण गर्ने निर्णय बमोजिम राहात वितरण गरिएको नगर प्रमु शाहीले बताए ।

    राहत वितरण संगै हरेक नागरिकका आ आफनै समस्या हुन्छन नागरिक लाई यो बेला के समस्या छ र त्यसै अनुसार नगरपालिाकाले जनताको हितका लागि योजना बनाउने शाहीले बताए ।उनका अनुसार नागरिक बाट रोग र भोगकाम समस्या धेरै आएका छन । सरकारले लगडान लाई जत्ति लब्बाउदै गहे उति नागरिकमा समस्या थपिने छन र त्यसै अनुसार नगरपालीकाले योजना बनाएर नागरिक लाई रोग र भोग बाट बचाउने प्रतिवद्धाता समेत गरे ।
    नागरिकका समस्यालाई एकै साथ समाधान गर्न नसकिने बताउँदै क्रमिक रूपमा समस्या समाधान गर्ने बताए ।उनले स्थानीयलाई धैर्य गर्न अनुरोध गर्दै समयसमयमा यसरी नै गाउँमा घरदैलो गर्न आइरहने समस्या र सुझावका आधारमा काम गर्ने प्रतिबद्धता जनाए

    प्रतिक्रिया दिनुहोस