आज: २०७९ माघ १५, आईतबार
ePaper
होमपेज /  Breaking News

मुगुका ४ सय २७ जनाको पिसिआर रिपोट नेगेटिभ

  • रारा रैबार
  • २०७७ जेष्ठ २९, बिहिबार मा प्रकाशित
  • ५०२ पटक पढिएको
  • रारा रैवार सम्वाददाता
    जेठ २९ मुगु
    मुगुः हिमाली जिल्ला मुगुमा ४ सय २७ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ । गहेको मंगलबार २७ गते मुगुका तिन स्थानिय तहमा रहेका क्वारेन्टटाईनमा बस्दै आएका ५ सय ३५ जनाको स्वाव संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा पठाई परिक्षण गर्दा ४ सय २७ जनाको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।
    कार्यालयका अनुसार छिमेकी देश भारत तथा तेश्रो मुलुक बाट र अध्यन अध्यापन गर्न जिल्ला भन्दा बाहिर गएका व्यक्हिरुको स्वाव संकलन गरि जुम्ला प्रयोगशालामा परिक्षण गर्दा संकलितहरुको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख डा. निर्मल नगरकोटिले बताए ।
    जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले स्थापाना गरेको क्वारेन्टाईनबाट ७७ जना क्वारेन्टाईनमा बसेका अन्य प्रत्यक्ष संलग्न सुरक्षकमि स्वास्थ्यकमि १ सय १५ जनाको कोरोना भाईरस कोभिड १९ का स्वाव संकलन गरी परिक्षण गर्दा रिपोट नेगेटिभ आएको हो । यसको तिन दिन अगाडी परिक्षणको लागि जुम्लामा पठाइएको थियो ।
    त्यस्तै जिल्लामा रहेका ३ वटा स्थानिय तहमा क्वारेन्टटाईनमा बस्दै आएका ५ सय ३५ जना लगाएत सुरक्षाक्रर्मि,स्वास्थ्यकर्मि गरि सोरु गाँउपालिका १सय ७० जना मध्येको ७५ जनाको पिसिआर रिपोट नेगेटिभ आएको छ भने ९५ जना रिपोट आउन बाँकि रहेको छ ।
    त्यस्तै खत्याड गाँउपालिका २ सय ४३ जना मध्ये २ सय २० नेगेटिभ आएको छ भने २३ जनाको रिपोट आउन बाँकि रहेको डाक्टर नगरकोटिकले जनाएका छन । मुगु जिल्ला बाट पठाइएका ५ सय ३५ स्वाव मध्ये १ सय ८ जनाको परिक्षण गर्न बाँकि रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

    सदरमुकाम गमगढी बजारमा रहेको श्री महाकाली नमुना माद्यमिक विद्यालयमा बसेका जम्मा ७४ जना लाई आज सबैको रिपोट नेगेटिभ आउदा घर फर्काईएको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले जानकारी दिए । शाहीका अनुसार छिमेकि देश भारत बाट आएका १० जना हाल सोही क्वाराईन्टाईनमा राखीएको शाहीले बताएका छन । आज घर गएका २३ महिला र ४८ पुरुष रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस