आज: २०७९ माघ १४, शनिबार
ePaper
होमपेज /  Breaking News

गर्भवति महिला लाई नगद र विपन्न लाई खाद्यन्न सहयोग

  • रारा रैबार
  • २०७७ अषाढ ९, मंगलबार मा प्रकाशित
  • ५५७ पटक पढिएको
  • नन्द बहादुर रोकाया
    असार ९ मुगु
    मुगु :   हिमाली जिल्ला मुगुका गर्भवति भएका महिला लाई नगद रकम प्रदान गरिएको छ भने विपन्न दैनिक ज्याला दारी गनी जिर्विको पाजन गर्ने हरु लाई खाद्ययन्न सहयोग गरिएको छ ।मंगलबार छायानाथ रारा नगरपालिकाका वडा नं १ देखि ७ नं वडाका ६६ जना गर्भवति भएका महिलाहरु लाई दुई हजारका दरले नगद सहयोग गरिएको छ भने सोहि वडा भित्रका ३ सय ८८ जना विपन्न दैनिक ज्यालादारी गर्ने विपन्न ,दलित घरदुरीका लागि विपन्ननको पहिचानको आधरमा राहत स्वरुप खाद्ययन्न प्रदान गरिएको हो ।

    ईस्ट्रिट चाईल्ड अफ नेपालको आर्थिक सहयोगमा सहास नेपाल र छायानाथ रारा नगरपालिकाको साझेदारीमा कोराना भाईरस (कोभिड १९) का कारण मर्कामा परेका ६६ जना गर्भवति महिलाहरुलाई राहत स्वरुप प्रतिब्यीत्त दुई हजारका दरले नगद  सहयोग गरिएकोे छ ।

    त्यस्तै बिच ब्रेड फर द वल्डको सहयोग तथा छायाँनाथ रारा नगरपालिाका र सहास नेपाल मुगुको समन्वयमा विपन्नतको आधारमा दैनि ज्यलादारी गरेर जिर्विको पार्जन गर्ने नगरपालिकाभित्रका १ देखि ७ वडा सम्मका ३ सय ८८ घरपरिवार लाई खाद्ययन्न सहयोग गरिएको सहास नेपाल मुगुका परियोजना साझेदार अधिकृत जित बल राईले बताए । उनका अनुसार विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को महामारी बाट प्रभावित अति विपन्न ३ ससय ८८ घर परिवारलाई खाद्ययन्न २० केजी चामल , १० केजी कोदो , १ लिटर तेल , २ प्याकेट मसला र २ पोका नुन राहत वितरण गरिएको छ ।जम्मा ६ लाख १५ हजार ८ सय २३ रुपैया रकम बरावरको राहत प्रदान गरिएको छ । विहान बेलुका छाक टार्न धौ धौ भएका र ज्याला मजदुरी गरी खाने व्यक्ति लाई पहिचान गरि खाद्ययन्न सहयोग गरिएको र गर्भवती महिला लाई नगद प्रदान गरिएको अधिकृत राईको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस